
सप्तगण्डकी क्याम्पसका पत्रकारिता अध्ययनरत विधार्थीले उठाए सहयाेग रकम


सप्तगण्डकी बहुमुखी क्याम्पसका कक्षा १२ मा अध्यनरत आमसन्चार तथा पत्रकारिताका बिध्यार्थी हरुले आमाबुवा नभएको असहाय १४ वर्षका बालक रमेश के सि सहयाेगका लागि अार्थिक संकलन गरेका छन ।
रमेश के सि अहिले बेवारिस छन र क्यान्सर रोग का कारण ६ महिना देखि भरतपुर को क्यान्सर अस्पताल मा मृत्यु र जीवन सँग लडिरहेका छन ।
बालक लाई बचाउने उद्देश्यले रमेश के सि बचाउ अभियान बोकेर आर्थिक संकलन गर्दै हिडि रहेका ती युवाहरुले मिति २०७६/२/७ गते का दिन भरतपुर का सामुदायिक विद्यालय लगायत विभिन्न कलेज बाट रु १६००० आर्थिक संकलन उठाउन सफल भएका छन । यस्ता कार्यमा साथ दिने विद्यालय का साना साना भाइ बहिनी हरु लाई धन्यवाद दिएका छन । विभिन्न बिध्यालय हरु बाट रकम यस प्रकार उठेको छ ।



आदिकवी भानु मा वि – ४०००
चितवन मा वि – ३३३०
नारायणी नमुना मा वि – २०००
बिरेन्द्र क्याम्पस evening group – ३२३०
अन्य – ३४५० गरि जम्मा १६००० रकम संकलन गर्न सफल रहेका छन। र यदि कसैले सहयोग गर्न चाहनु हुन्छ भने 9864177354 मा सम्पर्क राख्न सक्नु हुने छ।