
त्रिविको पदाधिकारीको नियुक्तमा वैध निकट क्रान्तिकारी विधार्थी मौन विरोध


भरतपुर, १२ जेठ
त्रिविका पदाधिकारीले सेवा आयोगमार्फत नातेदारलाई उत्तीर्ण गरेको भन्दै अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले विरोध जनाएको छ । आइतबार भरतपुरस्थित चौविसकोठीमा साँझ मौन विरोध जनाएका छन् । साँझ ५ बजेदेखि ६ बजेसम्म करीब आधा घण्टा टाउकोमा कालो पट्टि बाधेर विरोध जनाएका थिए । आन्दोलनमा उत्रिएका विद्यार्थी वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी को विद्यार्थी संगठन हो ।
त्रिभुवन विश्वविद्यालयले गत वैशाख १४ गते उपप्रशासकदेखि सवारीचालक तहसम्मका पदमा लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको थियो । त्यस क्रममा सेवा आयोगका पदाधिकारीदेखि प्रशासकीय प्रमुखका नातेदार उत्तीर्ण भएका थिए । त्रिविसम्बद्ध पदाधिकारी र पहुँचवालाका नातागोतालाई समेत पास गराइएको खुलासा भएको थियो । त्रिवि सेवा आयोगको नियुक्त खारेज गर्न माग राख्दै मौन विरोधमा उत्रिएको अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनका अध्यक्ष कृष्ण सुनारले बताए ।



सेवा आयोगमा मिलेमतो गरी परीक्षामा नातेदारलाई उत्तीर्ण गराउने कर्मचारीलाई पनि कडाभन्दा कडा कारबाही हुनुपर्ने उनको भनाइ छ । समितिले त्रिविको सो कार्यको विरोधमा देशभर मौन धर्ना दिने कार्यक्रम जारी राखेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव दिपेन्द्र लामिछाने जानकारी दिए ।
२ संलग्नहरू