skip this
  • चितवन विशेष

    चितवन च्याम्पिएनसिप: मैत्रीपूर्ण खेलमा युवा विधार्थी नेता लाइ हरायाे भेट्रान चितवनले

  • चितवन । चितवनको भरतपुरमा भएको मैत्रीपूर्ण फुटबल खेलमा चितवन भेट्रान विजयी भएको छ । चितवन भेट्रानले ६–० गोल अन्तरले युवा विद्यार्थी नेतालाई पाखा लगाएको हो ।
    आगामी जेठ २४ देखि सुरु हुने पाँचौँ चितवन च्याम्पिएनसिपको पूर्वसन्ध्यामा बुधबार चितवन भेट्रान र युवा विद्यार्थी नेता चितवनबीच मैत्रीपूर्ण फुटबल खेलाइएको थियो । सो खेलमा पहिलो हाफमा ४–० ले अघि रहेको भेट्रानले दोस्रो हाफमा दुई गोल थपेको आयोजक एभरेष्ट फुटबल क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । बुधबार भएको मैत्रीपूर्ण फुटबल खेलमा चितवन भेट्रानका खेलाडी तथा चितवन जिल्ला फुटबल संघ (एन्फा)का अध्यक्ष कृष्ण कार्की म्यान अफ दी म्याच घोषित भएका देवकोटाले बताए ।
    हनामी पाँचौँ चितवन च्याम्पियनसिप अन्तरगत बिहीबार चितवनका पत्रकार र जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल खेलाइने र शुक्रबारदेखि प्रतियोगितात्मक खेल हुने देवकोटाले बताए ।
    ‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीय सहित १६ टिमले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
    प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछ ।
    सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने छ ।
    असार ७ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन, सह–प्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ ।
    प्रतियोगिताको उत्कृष्ट खलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि तथा नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेका छन् ।
    प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लागि प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने छ । फिफा नियमअनुसार खेलाइने सो प्रतियोगिता अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

    news source www.safalkhabar.com

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु