
४९ महिनापछि यसरी सञ्चालन हुँदै तातोपानी नाका


नेपाल–चीन सिमाना मितेरी पुलमा चीनले बिशेष समारोहको आयोजना गर्दैछ भने नेपालतर्फ लिपिङ बजारमा नेपालीपक्षले कार्यक्रम आयोजना गर्दैछ ।
नाका खुल्ने भएपछि स्थानीय तथा व्यापारी व्यवसायीहरु खुसी देखिएका छन् । कार्यक्रम स्थलमा दुवैतर्फका स्थानीयहरु झन्डा लिएर समारोह स्थलमा आएका छन् ।
नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ । वार्षिक रु २० अर्बको आयात र रु तीन अर्ब बढीको निर्यात हुने सो नाका सञ्चालनमा आउने खबरपछि स्थानीय व्यवसायीसमेत उत्साहित भएका छन् ।



उद्योग वाणिज्य मन्त्री मातृका यादव, सांसदरु अग्नि सापकोटा शेर बहादुर तामाङलगायतका नेताहरु कार्यक्रममा आउँदैछन् ।
बुधबार चीनबाट ४ गाडी ऊन लिएर नेपाल आउने र नेपाल बाट २ गाडी सामनसहित चीनतर्फ जाँदैछन् । मितेरी पुलमा अहिले नेपाल तथा चिनियाँ सरकारी अधिकरी भेटघाट गरिरहेका छन् ।