skip this
  • फिचर

    RCDC को आयोजनामा बाल दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न ।।

  • असार ९,नवलपुर –
    जायश्वर आचार्य :-
    बुलिङटार गाउँपालिका वडा नम्बर -२ मा आज बालबालिका विरुद्ध हुने दुर्व्यवहार विषयक एकदिने तालिम सम्पन्न भएको छ। बुलिङटार गाउँपालिका को आर्थिक सहयोग र RCDC को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
    बाल दुर्व्यवहार भनेको के हो, यो कसरी हुन्छ? बालबालिकाप्रति अभिभावकको भूमिका ,बाल संरक्षण लगायतका विषयहरूमा तालिम दिइएको आयोजक RCDC का सहयोगी मीनराज गिरीले बताउनुभयो। कार्यक्रममा २०जना अभिभावक र २० जना विद्यार्थीहरूको सहभागिता रहेको सुजल गिरीले जानकारी दिनुभयो।
    बाल दुर्व्यवहार जो कोहीबाट पनि हुन सक्ने र यसबाट आफूहरु सजग हुने प्रतिबद्धता व्यक्त गर्दै सहभागीहरुले कार्यक्रम अत्यन्त प्रभावकारी भएको र आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको भन्दै खुसी व्यक्त गरेका थिए।
    राष्ट्रका कर्णधारका रुपमा रहेका बालबालिका विभिन्न किसिमका दुर्व्यवहार, यातना ,शोषण ,हत्या ,अपहरण लगायतका दुखद घटना बाट गुज्रिरहेका हुनाले तुलनात्मकरुपमा उनीहरुलाई थप विशेष संरक्षण आवश्यकता पर्ने भएकाले यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सहयोग गर्ने आयोजक RCDC का अध्यक्ष पदम राज गिरीले विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम प्रशिक्षण हेटौंडाका सुशीलराज गिरीले दिनुभएको थियो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु