skip this
  • चितवन विशेष

    एस इ इ परिक्षा सम्बन्धमा र रिजल्ट हेर्ने तरिका

  • मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए।

    एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको थियो।

    नतिजा प्रदेशअनुसार छुट्टाछुट्टै र एकैपटक सार्वजनिक गरिएको छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो।यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।

    परीक्षा बोर्डद्वारा सार्वजनिक नतिजामा १७ हजार ५ सय ८० जनाले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन् ।

    यस्तै, ३.२० देखि ३.६ जीपीए पाउने विद्यार्थीको संख्या ५१ हजार १ सय ३७, २‍‍.८० देखि ३.२० जीपीए पाउनेको संख्या ६३ हजार ७ सय ४१ , २.४० देखि २.८० जीपीए पाउनेको संख्या ७६ हजार ५ सय ६४, २ देखि २.४० जीपीए पाउने विद्यार्थीको संख्या ९८ हजार २ सय ७ रहेको छ ।

    ९५ हजार ३०७ जनाले १.६० देखि २ जीपीए पाएका छन् भने ४ हजार ४ सय २९ जनाले ०.८० देखि १.२० जीपीए पाएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    नतिजा results.ekantipur.com बाट पनि हेर्न सकिनेछ साथै रिजल्टस् र सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न सकिने छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु