
भ्याली स्टेट कलेज द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न


असार १२, भरतपुर-
जायश्वर आचार्य:-
भरतपुर महानगरपालिका मा अवस्थित भ्याली स्टेट कलेज ले आज अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
“व्यवसाय- सामाजिक उत्तरदायित्व: नेपाली सन्दर्भ” शीर्षक मा आयोजित अन्तरक्रिया कार्यक्रममा जस्मिन पेन्ट्स का निर्देशक मधुसुदन अर्याल,कालिका एफ एमका व्यवस्थापक ओम प्रकाश शर्मा, युनियन लाईफ का क्षेत्रीय प्रबन्धक आई आर सुवेदी,भ्याली स्टेट कलेज का निर्देशक बाबुराम खनाल द्वारा आफ्नो विचार व्यक्त गर्नु भएको थियो।
कार्यक्रमका मुख्य प्रस्तोता रहनुभएका जस्मिन पेन्ट्स का निर्देशक मधुसुदन अर्याल ले व्यवसायिक सामाजिक उत्तरदायित्व खाली प्रचार गर्ने खुराक मात्र नभएर एक मानविय जिम्मेवारी हो भन्नुभयो। सो अवसरमा उहाँले विद्यार्थी हरु पनि उद्यमशील बन्नुपर्ने, व्यवसायीले पनि युवा उद्यमशिलताका लागि सहयोग गर्नुपर्ने भनाइ राख्दै आफू र आफ्नो कम्पनी त्यसका लागि तयार रहेको बताउनुभयो। सोही कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै कालिका एफएमका स्टेसन म्यानेजर ओम प्रकाश शर्माले भन्नुभयो, सी एस आर भनेको खाली बुढाबुढी लाई एक छाक खुवाउनु मात्र नभई एक मूल्य र मान्यता मा रहेर व्यवसाय गरिनु हो जहाँ सबै स्टेक होल्डर हरुको भलो हुन्छ । मिडियाले पनि खाली बिक्ने सामग्रीहरूको मात्रै पछि नलागेर समाजसेवामा समर्पित हातहरूको पनि समाचार बनाउनुपर्ने जोड उहाँको थियो।



बिबिए विद्यार्थीहरुका लागि सहयोग होस् भनेर गरिएको उक्त कार्यक्रम कलेज को भी – व्याज (V-BAG) क्लबले आयोजना गरेको हो। कलेजका प्रिन्सिपल तथा मिसेज चितवन जमुना श्रेष्ठ का अनुसार उक्त अन्तर्क्रिया कार्यक्रम निकै सौहार्द पूर्ण रूपमा सम्पन्न भएको थियो।