skip this
  • चितवन विशेष

    घुसखोरी कर्मचारी लाई ने.क.पा का विध्यार्थी ले दले कालोमोसो

  • कञ्चनपुरमा २ लाख घुस सहित रंगेहात पक्राउ परेका कर्मचारीलाई नेकपाका विद्यार्थीहरुले कालोमोसो दलेका हुन । सेवाग्राहीबाट दुई लाख घु्स सहित रंगेहात पक्राउ परेपछि जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनीयर अजित कुमार श्रीवास्तवलाई विद्यार्थीहरुले कालोमोसो दलिएको अखिल कञ्चनपुरका जिल्ला स्तरीय नेता कमल रोकायाले बताएका छन

     

    श्रीवास्तवलाई कार्यालय परिसरमै कालोमोसो दलिएको रोकायाले जानकारी दिए। श्रीवास्तावलाई आज दिउँसो सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीलले पक्राउ गरेको थियो। उनीसंगै सिँचाई डिभिजनमै कार्यरत इन्जिनीयर ग्रीष्मा ठगुन्नालाई पनि पक्राउ गरिएको अख्तियारले जनाएको छ।

    अख्तियारका प्रवक्ता टोप बहादुर विष्टले उनीहरुले भीमदत्त नगरपालिका १९ मा चौधर नदी नियन्त्रणका लागि उपभेक्ता समितिबाट निर्माण भएको तटबन्धको योजनामा भुक्तानी दिने क्रममा घुस लिइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई रंगे हात पक्राउ गरिएको बताए।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु