
माओवादीका चर्चित साँस्कृतिक नेता माइला लामा पक्राउ,


साउन ४, काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज तथा माओवादीका चर्चित साँस्कृतिक माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । उच्च प्रहरी स्रोतका अनुसार विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले आइतबार मध्यराती पक्राउ गरेको हो । उनि जनयुद्धका घाइते समेत हुन अाँखा र कान सुन्ने क्षमता कम भएता पनि उनि निरन्तर क्रान्तिकाे बाटाेमा सक्रिय रहि अाएका छन ।
महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले लामा पक्राउ परेको पुष्टि गर्दै उनलाई विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर पक्राउ गरिएको बताए ।
माइला लामासँगै डोलेन्द्र भट्टराई र रेशम तामाङलाई पनि पक्राउ परेका छन् । लामा विप्लव नेकपाका एक प्रभावशाली केन्द्रीय नेता मानिन्छन् । काठमाडौं सीतापाइलाका लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् । लामाले तत्कालीन माओवादी आन्दोलनमा थुप्रै क्रान्तिकारी गीत संगीतमार्फत् महत्वपूर्ण भूमिका खेलेका थिए ।



उनी जनयुद्धका घाइते समेत हुन् । तत्कालीन एकीकृत माओवादी विभाजन भएपछि लामा मोहन वैद्य किरण नेतृत्वको नेकपा–माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध हुन पुगेका थिए ।