
निजि शैक्षिक संस्था सरकारले बन्द नगरे अनेरास्ववियूले बन्द गर्ने : रन्जित तामाङ


काठमाडौ ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले -आगामी २०७७ साल देखी निजि विद्यालयबाट लिने आधारभुत तहको शिक्षा सरकारले बन्द गर्नु पर्छ। अब अनेरास्ववियू टुलुटुलु हेरेर नबस्ने जानकारी गराएका छन ।
तामाङले क्रमिक रुपमा निजि शैक्षिक संस्थाहरु माथि सरकारले आगामी वर्ष देखी पुर्ण रुपमा प्रतिबन्ध लगाउनु पर्ने बताएका थिए । आफ्नो साताब्यापी ब्राजिल भ्रमण पूर्ण सफल भएको स्पस्ट पारेका छन्। सोमबार त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सहसंयोजक तामाङले यस्तो बताएका हुन्।
उनले भ्रमणका क्रममा नेसनल युनियन अफ स्टुडेन्ट्सको ५१ औँ महाधिवेशनलाई अनेरास्ववियुको तर्फबाट सम्बोधन गरेका थिए। ब्राजिलबाट फर्किएका तामाङले पत्रकारहरुसँग भने -‘संविधानमा आधारउन्मुख शिक्षाको विकास हुनुपर्छ, आगामी वर्ष देखी संविधानमा उल्लेखित नियम सरकारी शैक्षिक संस्था देखि निजि शैक्षिक संस्थाहरुले पालना गर्नुपर्छ।



अब नेपालमा धनि र गरिबको शिक्षा हुनु हुदैन। यो दुई खाले शिक्षाको अन्त्य वर्तमान नेकपाको सरकारले नै गर्नुपर्छ। अब सबै निजि शैक्षिक संस्थाहरु सरकारीकण गर्नुपर्छ।’
अबको विद्यार्थी आन्दोलन देखावटी नभईकन परिणाममुखी हुनु पर्ने उनको भनाई थियो। तामाङलाई विमानस्थलमा स्वागत गर्न अनेरास्ववियूका नेता इन्द्र भुषाल, पवन कार्की लगाएत अन्य नेता /कार्यकर्ताहरु पुगेका थिए ।
फोटोमा हेर्नुहोस्