skip this
  • चितवन विशेष

    क्यान्सर पीडित विध्यार्थी लाई आर्थिक रकम हस्तान्तरण

  • श्रावण ९
    सुनिलकुमार परियार ,
    भरतपुर महानगरपालिका वडा नं. २१ मा अवस्थित भानु माध्यमिक विद्यालय पहारिलोटार कक्षा ७ मा अध्ययनरत छात्रा अंकिता वि.क.लाई विद्यालयले रु १५ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
    शैक्षिक सत्र २०७६ मा तिन दिन अगाडीमात्र भर्ना भएकी ब्लड क्यान्सर पिडित छात्रा अंकिता वि.क. शिघ्र श्वास्थ्य लाभको कामना गर्दै विद्यालयले आर्थिक सहयोग गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप न्यौपाने, धनधान्यन्चल विराट ज्ञानमहायज्ञ का संयोजक तथा विद्यालय व्यवस्थापन समिति सल्लाहकार सदस्य नारायण आचार्य र विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद भट्टले क्यान्सर अस्पतालमै विरामीलाई भेटी उनका अभिभावकको उपस्थितीमा अन्य सहयोगको लागि विद्यालयले पहल गर्ने आश्वासन दिनुभयो । विरामीको बेडमै गई विद्यालयले आर्थिक सहयोग गर्नुले विद्यार्थीको रोगसंग लड्ने क्षमतामा बृद्धि हुने भएकाले यस्तो तयारी गरी सहयोग गरेका हौ सल्लाहकार नारायण आचार्यले भन्नुभयो । हामी छात्रा अंकिताको स्वास्थ्यलाई मध्येनजर गर्दै देश विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहयोगको लागि अनुरोध गरिरहेका छौ आचार्यले भन्नुभयो । विद्यालयको जु.रे.स. तथा स्थानिय अभिभावकहरुबाट आर्थिक सहयोगको अपिल गरी छात्रा अंकिता विकलाई पूनः कक्षामा फर्काई अध्ययन गराउने लक्ष्यमा रहेको हुनाले एनआईसी एसिया बैकको खाता नं. B087025283652401 मा आफुले सक्दो रकम जम्मा गरी सहयोग गरिदिनुहुन विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद भट्टले सबैलाई आग्रह गर्नुभयो ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु