
देवघाटमा एक युवती नारायणीमा हामफाली वेपत्ता


देवघाटधाममा रहेको न्यौपाने चौतारो नामक स्थान बाट २०७६/४/११ गते एक २३ वर्षिय युवती ले नारायणी मा हामफाली वेपत्ता भएकी छन ।
देवघाट अस्थायी प्रहरी चौकीका अनुसार सो युवती भरतपुर ८ मा बसोबास गर्दै आएकी र युवतीको नाम भने सम्झना गुरुङ रहेको र एक सहकारीमा जागिर गर्दै आइरहेकी थिन सम्झना साउन ११ गते का दिन घर बाट सहकारीको कागजात बुझाउन भनी स्कुटी लिएर निस्किएकी र सहकारी तर्फ नगएर एक बोतल वाइन(रक्सी) लिएर देवघाट तर्फ आएकी रहिछन ।
देवघाट नपुग्दै बाटाेमा रहेकाे न्यौपाने चौतारीमा स्कुटी रोकि त्यँहा बसेर वाइन खाएकी र बोतल रितिसकेपछी स्कुटी र सहकारीको कागज त्यही बसेको स्थानमा छाडी नारायणीमा हामफालेकी रहिछन ।
पछि गएर खोज तलाश गर्दा सम्झना का बुवा अनुसार सम्झना एक वैवाहित महिला हुन र सम्झना को 2 वर्षिय एक छोरा पनि रहेको र श्रीमान ले कान्छी श्रीमति लिएर आएपछि सम्झना लाई मानसिक यातना दिने कुट्ने जस्ता हर्कत गर्दै आएको र सो सम्बन्ध मा सम्झना को श्रीमान को विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता भएको र हाल मुद्दा नमिलेकाे प्रहरीकाे भनाइ रहेकाे छ ।


