
शुक्रवार – आज को राशीफल


२०७६/०४/१७ गते शुक्रबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कार्यमा व्यवधान आइपर्ला ।अनावश्यक काममा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा वन्ने काम पनि बिग्रन सक्छ विचार पुर्याएर काम गर्नु हाेला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)काममा लाभ मिल्नेछ । नयाँ कुराको लाभ हुनेछ । आय,व्यय वरावरी हुने खालको समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुण्य मिल्नेकाममा सहभागी भईने छ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।प्रियजनको प्रगतिमा मन रमाउनेछ ।



कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश,जाँगर र उमङ्ग बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघी बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अाँट र साहसमा कमी आउनेछ । अाफ्नाे निर्णय कार्यान्वयन नहुन सक्छ । मनमा दुविधा उत्पन्न हुनेछ ।साेच विचार गरेर काम गर्नु होला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)साेचेकाे कार्य पुरा होला । राम्रोकामकाे चर्चा बढ्नेछ ।पढाइमा प्रगति हुनेछ । प्रियजनकाे सहयाेगमा नयाँ काम सुरु हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)अाफन्तबाट सहयोग मिल्नेछ । राजनितिमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । साेचेकाे कामबाट मनग्य फाईदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्य सिद्धिको योगछ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ ।नयाँ काममा जोश जाँगर र हिम्मत बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अाज धेरै चंचल भइनेछ। मनमा धेरै कुरा खेल्ने छन् ।अनावश्यक ठाउँमा धन खर्च हुनसक्ने । प्रेममा मनमुटाव आउनेछ । नजिकका व्यक्तिबाटै कार्यमा वाधा आइपर्न सक्छ सचेत रहनुहाेला।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा सरिक भईने छ । गरेका कामबाट लाभ हुनेछ । दैनिक कार्य राम्रोसँग अगाडि बढ्दै जानेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ।परिश्रम अनुसारकाे फल प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)प्रियजनकाे सहयोगमा कामबन्नेछ ।अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको सुरुवात हुनेछ । नजिकको मित्रसँग भेटघाट र सहयाेग हुनेछ।
– ज्यो.प.उपेन्द्र काेईराला देवघाटधाम ९८५५०५२०४७