skip this
  • चितवन विशेष

    चितवनकाे कालिका नगरपालिकामा वडा कार्यलय आगजनी (फाेटाे सहित)

  • कालिका नगरपालिका वडा नं. ३ मा गए राती आगजनी भएकाे छ । आगजनी कसले र किन लगायाे अझै खुल्न सकेकाे छैन वृस्तित विवरणकाे लागी हामि फिल्डमा जादैँछाै ।

    आगजनी बाट कागजपत्र जलेर पुर्ण नष्ट  भएकाे छ । केहि समय अगाडि उक्त वडामा चाेरी भएकाे थियाे । देशै भरी केहि स्थानमा विप्लब नेकपाले वडा कार्यलयमा आक्रमण गर्ने गरेकाे घटना बाहिर आए पनि यस वडाकार्यलयमा कुनै प्रर्चा पम्पलेट नभेटिएकाेले कसले र किन आगजनी गर्याे भन्ने कुरा यसै भन्न नसकिने प्रहरीले जनाएकाे छ । घटनाकाे अध्ययन अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

    राती करिब २ बजे भएको आगजनीबाट कार्यालयकाे २ वटा कोठामा क्षति भएको छ । अज्ञात समुहले कार्यालयको झ्यालबाट पेट्रोल हालेर आगजनी गरेको कालिका नगरपालिका वडा नं ३ का वडा अध्यक्ष टिकाराज रिजालले जानकारी दिए ।

    आगजनीबाट वडा अध्यक्षको कोठा सहित कार्यालयकाे कोठामा रहेको कागज पत्र पुर्ण रूपमा क्षति भएको छ । आगलागीबाट सो कार्यालयमा क्षति भएको र सो घटनाको बारेमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालयका टाँडीका प्रमुख (डिएसपी) सन्तोष आचार्यले बताए ।

    फाेटाे : नवराज घलान

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु