skip this
  • चितवन विशेष

    शनिवार – आज को राशीफल

  • २०७६/०४/१८ गते शनिवार
    मेष
    (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्त्रीबर्गबाट सहयाेग प्राप्त हुनेछ।कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कलात्मक क्षेत्रबाट धन प्राप्ति हुनेछ । आर्थिक क्षेत्र राम्रो रहला।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारमा मनमुटाव देखिन सक्नेछ । अाफ्नै घमण्डकाे कारणले बन्ने काम पनि बिग्रन सक्छ । आत्मबल बढाएर काम गरेमा सफलता प्राप्त हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नसाेचेकाे शिर्षकमा धन खर्च हुनेछ। साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ । मनाेरन्जनात्मक क्षेत्रमा अनावश्यक धन खर्च हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साेचेकाे काममा तीव्रता अाउने छ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ । राेकिएकाे काम सुचारु हुनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा सकारात्मक साेच अाउनेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । विद्या बुद्धि र विवेक बढ्ने छ। राेकिएकाे कामले गति लिनेछ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्ने छ। अार्थिक लाभ हुनेछ ।पारिवारिक सद्भाव बढ्नेछ । साेचेकाे काम छिट्टै पुरा होला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेमीसंगकाे भेटले मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको सुरुवात हुनेछ । अाफन्तबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ ।पारिवारिक यात्रा हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मानमा चिन्ता बढ्नेछ। परिश्रम अनुसारकाेफल प्राप्त हुनेछ। आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा अशान्ति हुनेछ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा अाउनसक्छ । कष्टकर यात्रा गर्नुपर्ला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) फसेकाे धन उठ्ने छ। गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । शिक्षामा पदाेन्नति हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेम सम्बन्ध राम्रो रहनेछ। प्रेमीसंगकाे भेटघाटले मन रमाउने छ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । भुमीकाे काराेवार राम्रो रहने छ।

    राशिफलमा जे जस्तो भएपनि नयाँ जाेस जाँगर र उत्साहकासाथ कार्यमा अगाडि बढ्नुहाेस् अवश्य सफलता मिल्नेछ।

    -यहि श्रावण २० गते नागपन्चमीका दिन सामूहिक कालसर्प याग तथा ग्रह शान्ति कार्यक्रम रहेकाेले यथासीघ्र सम्पर्क राख्नु हाेला।

    -ज्यो.प.उपेन्द्र काेईराला
    देवघाटधाम ९८५५०५२०४७

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु