skip this
  • चितवन विशेष

    माओवादी केन्द्रकाे सिङ्गाे जिल्ला समिति र विप्लवकाे युवा नेता बैद्धे माओवादीमा प्रवेश

  • गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा चितवन जिल्ला संयोजक कमरेड प्रकाशचन्द्र ढकाल सहित सिङ्गै चितवन जिल्ला समिति र विप्लव नेकपाका चितवन जिल्लाका युवा नेता  किरण सुनार लगायतकाका नेताहरू नेकपा (क्रान्तिकारी माओवादी) मा ध्रुवीकृत भएको क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी अशोक शर्माले बताए ।

    यसरी ध्रुवीकृत भएका नेता कार्यकर्ताहरुलाई क्रान्तिकारी माओवादीका पीविएम तथा ३ नं. प्रदेशका इन्चार्ज दिनेश शर्माले अबीर लगाएर पार्टीमा स्वागत गरेका थिए । नेता शर्माले यो ध्रवीकरणले नयाँ जनवादी क्रान्तिका लागि विभिन्न समूहमा छरिएर रहेका सच्चा क्रान्तिकारीहरु एकताबद्ध र ध्रुवीकृत बनेर अगाडि बढ्नुपर्ने सन्देश प्रवाह गरेको भन्दै पार्टीमा ध्रुवीकृत भएका हरूलाइ  बधाई समेत ज्ञापन गरे । 

    क्रान्तिकारी ध्रुविकरणमा सामेल सम्पुर्ण नेता तथा कार्यकर्ता लाइ  क्रान्तिकारी माअाेवादीका नेता तथा चितवनका चर्चित पुराना माअावादी नेता घननाथ सापकाेटा विकासले स्वागत तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे । पछिल्लाे समय माेहन वैध किरणले नेतृत्व गरेकाे क्रान्तिकारी माअाेवादीमा प्रवेशकाे लहर चलेकाे समेत उहाँले बताउनु भयाे ।

    यता विप्लब नेकपाले भने युवा नेता किरण सुनुवार लाइ अाफ्ने पार्टिले पहिल्य कारवाही गरेकाे जनाएकाे छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु