skip this
  • चितवन विशेष

    आइतवार – आज को राशिफल

  • २०७६/०४/१९ गते अाइत वार

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यकाे थालनि हुने छ । अतिथिको रूपमा सत्कार पाइएला । नयाँ सामान जाेड्ने याेग रहेकाे छ । रमाइलो यात्रापनि रहला ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सानातिना समस्याहरुले सताउने छन्। राजनैतिक कार्यमा बाधा आउनेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव रहला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको काम पूरा हुनेछ । यात्रा सफल रहला। बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)नजिकका रमाइलो यात्रा हाेला। अनुहारमा कान्ति र मनमा शान्ति छाउला । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । शत्रु क्षयकाे याेग रहेकाे छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा वाधाव्यवधान अाउला। यात्रामा मालसामान हराउन सक्छ । पेट सम्बन्धि समस्याले सताईरहनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साेचेका कार्य पुरा होला । प्रेमीको सहयोग पाइनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।साेचेकाे कामले तीव्रता लिनेछ ।अाम्दानीकाे नयाँ श्राेत पत्ता लाग्ने छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पदाेन्नतिकाे याेग रहेकाे छ । कला र गलाको प्रभाव बढ्नेछ । चतुर्याईँलेपनले काममा सफलता पाइने छ । शुभ समाचार सुन्न पाईएला ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा, गि)कार्यमा वाधा अाई पर्ने छ। मनमा निरासा र शरीरमा आलस्य आउला । व्यवसायमा मन्दी आउनेछ । कार्यमा बाधा आउनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक कार्यमा सहभागी भइने छ । आफन्तको सहयोगमा काम वन्ने ।पढाइमा रुचि बढ्ने छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेमी संगकाे भेटले मन प्रसन्न रहने छ ।कर्यमा नयाँ अवसर आउनाले छ। जोश जाँगर र हिम्मत बढेर जानेछ।मित्रजनकाे सहयाेगमा महत्त्वपूर्ण काम बन्ने छ।

    राशिफलमा जे जस्तो भएपनि नयाँ जाेस जाँगर र उत्साहकासाथ कार्यमा अगाडि बढ्नुहाेस् अवश्य सफलता मिल्नेछ।

    -यहि श्रावण २० गते नागपन्चमीका दिन सामूहिक कालसर्प याेग तथा ग्रह शान्ति कार्यक्रम रहेकाेले यथासीघ्र सम्पर्क राख्नु हाेला।

    1. -ज्यो.प.उपेन्द्र काेईराला
      देवघाटधाम ९८५५०५२०४७,९८४५२०६०४७

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु