
भरतपुरमा “समृद्धि रियल स्टेट” को उद्दघाटन,घर जग्गा कारोबारमा सहज हुने अपेक्षा


साउन १९, भरतपुर :
सन्देश अधिकारी-
भरतपुर महानगरपालिका वडा नं १० मा स्थापित घर जग्गा व्यवसाय सँग आबद्ध संस्था “समृद्धि रियल स्टेट” को उद्दघाटन सम्पन्न भएको छ।
शनिबार भरतपुर मा एक विशाल कार्यक्रम का बीच उक्त संस्था को उद्दघाटन गरिएको हो। कार्यक्रम को प्रमुख अतिथि को रूपमा भरतपुर महानगरपालिका का उपप्रमुख पार्वती शाह रहनुभएको थियो। विशिष्ठ अतिथि को रूपमा वडा नं १० का वडा अध्यक्ष अरुण पीडित भण्डारी,वडा नं २ का वडा अध्यक्ष पूर्ण बहादुर गुरुङ्ग लगायत विभिन्न व्यवसायिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम को अध्यक्षता समृद्धि रियल स्टेट का अध्यक्ष अर्जुन अधिकारी रहनुभएको थियो।कार्यक्रम मा स्वागत मन्तव्य संस्था का उपाध्यक्ष डा रामलाल श्रेष्ठ ले राख्नु भएको थियो। उपस्थित अतिथि हरुले मन्तव्य राख्दै आगामी दिनमा संस्थाको सफलता को शुभकामन दिनुभएको थियो र प्रमुख अतिथि ले पानस मा बत्ती बालेर संस्था को उद्दघाटन गर्नुभएको थियो।


