skip this
  • फिचर

    पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निष्कासित गर्ने प्रचण्ड को चेतावनी

  • साउन १९, रामेछाप –
    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिए ।
    वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्दै प्रचण्डले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप लगाए । ‘यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ’, उनले भने ।

    प्रचण्डले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गरे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु