
त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षमा प्रा.डा. लालुप्रसाद पौडेलको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षमा प्रा.डा. लालुप्रसाद पौडेलको नाम सिफारिस गरिएको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले पौडेलको नाम सिफारिस गरेको हो । कर्मचारी छनोटमा अनियमितता भएको भन्दै चैतन्य शर्मासहित पदाधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा हालेपछि आयोग पदाधिकारीविहीन थियो ।
आयोगका सदस्यमा हेमराज ढकालको नाम सिफारिस भएको छ । पदाधिकारी नहुँदा ४ भदौदेखि तोकिएको विभिन्न विषयका उपप्राध्यापकको परीक्षा अन्योलमा परेको थियो ।


