
मंगलवार- आज को राशीफल


२०७६/०४/२१ गते मंगलबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ।साेचेकाे काम बन्ने छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
। विद्यामा प्रगति हुनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। सामाजिक काममा सरिक भईनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ।बाेल्दा बिचार पुर्याएर बाेल्नु हाेला।बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ।शुभचिन्तकहरूले साथ दिनेछन्। लक्ष्य प्राप्त हुनेछ।आम्दानीका स्रोत बढ्नेछन्
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)दैनिक कार्यले नयाँ मोड लिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। हतारमा लिएकाे निर्णयले मेहनत खेर जानेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कार्यकाे सुरुवात गरिने छ। नयाँ सामान किन्ने याेग रहेकाे छ। आम्दानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनेछ। काममा रुचि बढ्नेछ। व्यापारमा राम्रै लाभ हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अात्मबल बढ्ने छ।नयाँ कामकाे प्रारम्भ हुनेछ।अाफ्नाे उपलब्धिले थप उत्साह जगाउनेछ।बोलीको प्रभाव बढ्दै जानेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)खर्च बढ्नेछ। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। साथीभाइसँगकाे रमाईलाे यात्रामा सरिक भईएला। साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वपूर्ण काम गर्न सफल भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आम्दानीका नयाँ स्रोत पत्ता लाग्नेछ।नयाँ कामकाे थालनि हुन सक्छ।गरेको काममा सफलता मिल्नेछ। खर्च बढ्ने छ। टाढाको यात्रा हुने सम्भावना देखिन्छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आम्दानी बढ्ने छ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या पुन: देखापर्न सक्छ। मिहिनेतले कमाएको वस्तु हराउन सक्छ विचार पुर्याउनु हाेला।
मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ।धर्मकर्ममा मन जानेछ । सानो प्रयत्नले महत्त्वपूर्ण काम गर्न सकिने छ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ।मित्रहरूले साथ दिनेछन्। प्रयत्न गर्दा कर्मको फलप्राप्ति हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
स्वास्थ्यमा समस्या देखिन सक्छ । चिताएको काम पूरा नहुन सक्छ । जिम्मेवारी बढे पनि काम बिग्रने भयले सताउनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले समुदायको हितमा काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाएर पनि फाइदा उठाउन गाह्राे पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ।
राशिफलमा जे जस्तो भएपनि नयाँ जाेस जाँगर र उत्साहकासाथ कार्यमा अगाडि बढ्नुहाेस् अवश्य सफलता मिल्नेछ।
-ज्यो.प.उपेन्द्र काेईराला
देवघाटधाम ९८५५०५२०४७,९८४५२०६०४७