
होशियार – यसरी लुट्न सक्छ भरतपुर अस्पताल


चितवन को एक सरकारी अस्पताल भरतपुर अस्पताल मा हाल को समय मा निकै समस्या हरु देखिन थालेको छ जसमा बिरामी बिहान ७ बजे देखि लाइन मा बसेर टिकट त पाउँछन् तर उपचार भने पाउदैनन जसलाइ अन्य पत्रपत्रीका हरुमा पनि सभार गरिएको थियो यो भन्दा पनि अचम्म लाग्दो कुरा भरतपुर अस्पतालमा २०७४/४/१९ गते ४ बजे आएको बिरामी लाई भर्ना गर्नु पर्ने हुन्छ र एक बेड मा सुताएर उसको इमर्जेन्सी टिकट काट्न लगाइ सबै चेकजाँच गर्न लगाइन्छ रगत देखि पिसाब सम्म इत्यादि सबै चेक जाँच गरेपछि उपचार गर्ने समय मा भने हामी सग बेड खाली छैन भनी बिरामी लाई अन्य अस्पताल मा लानको लागि बिरामी को आफन्त लाई भनिन्छ र यो विषय मा बिरामी को आफन्त ले भने यदि बेड खाली थिएन भने सुरु मै हामी लाई भनेको भय हुन्थ्यो हाम्रो समय को बर्बाद साथ साथै जुन त्यसै धन नष्ट हुन गयो यसको क्षती कसले तिर्छ आज हामिलाइ यस्तो पर्यो भोलि अर्को लाई यस्तो समस्या पर्ला भनी विरोध जनाउछन र अस्पताल प्रशासन लाई भर्ना लिदिन अनुरोध गरिरहन्छन र अस्पताल प्रशासन भने कुनै पनि कुरा सुन्न खोज्दैन त्यस पछि पीडित साझ चितवन जिल्ला प्रहरीकार्योलय पुग्छन र आफ्नो व्यथा सुनाउछन र चितवन जिल्ला प्रहरी कार्योलय ले अस्पताल मा रहेका प्रहरी इन्चार्ज लाई सुचना दिए लगत्तै अस्पताल का प्रहरी इन्चार्ज पुग्छन र भर्ना लिदिन अनुरोध मात्र गर्छ्न तर उनको कुरा पनि अस्पताल प्रशासन ले बेवास्ता गर्छ अस्पताल का प्रहरी इन्चार्ज पनि केही भन्न सकेनन त्यस पछि पीडित पक्ष आक्रोशित हुँदै पत्रकार सम्मेलन गरेर अस्पताल को कालो कर्तुत बाहिर निकाल्छु भन्छन संयोग बस त्यहा हाम्रा पत्रकार पुग्छन र सबै कुरा बुझी अस्पताल मा रहेका प्रहरी इन्चार्ज शीत सोधपुछ गर्दा प्रहरी इन्चार्ज को कुरा नसुनेको र यस मा उनले केही गर्न नसक्ने दाबी गरे त्यस पछि पत्रकार अस्पताल प्रशासन शीत कुरा गर्न गए पछि बेड खाली नरहेको अस्पताल ले जनायो यदि बेड खाली थिएन भने पहिलै नै भनेको भए हुन्थ्यो समय र धन को जुन बर्बाद भयो यो कस्ले बेहोर्ने त्यस पछि भोलि बिहान पत्रकार सम्मेलन राखेर अस्पताल को लापरबाही सार्वजनिक गर्ने निधो गरेर बिरामी लाई अन्य अस्पताल मा लैजान भनी पत्रकार त्यहा बाट निश्किय लगत्तै बिरामी लाई बोलाइ भर्ना लिएको पीडित ले जानकारी दिए ।