skip this
  • चितवन विशेष

    पत्रकार पुडासैनी को हत्या कि आत्माहत्या

  • नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका माउण्टेन टेलिभिजनका टिभी जर्नालिष्ट शालिग्राम पुडासैनीको शव नारायणघाटको पोखरा बस पार्क को होटलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी ले जनाएको छ
    होटल सञ्चालकका अनुसार खाना खानको लागि राति आठ बजेसम्म पनि नआएपछि कोठामा पुग्दा भित्रबाट चुक्कुल लगाएको अवस्थामा भेटेर प्रहरीलाई खबर गरिएको थियो । मृतक पुडासैनीले कोठाको सिलिङमा डोरी लगाएपछि झुण्डिएर आत्महत्या गरेको जस्तो देखिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।होटल कङ्गारु मा हिजो सोमबार दिउँसो कोठामा इन्ट्रि गरेर केही जग्गा व्यवसायीसँग छलफलपछि खाना अर्डर गरेर गएका पुडासैनी झुण्डिएको अवस्थामा भेटिएको होटल सञ्चालक बताउँछन् ।
    तर पुडासैनी का दाजु भने यो आत्मा हत्या होइन हत्या हो भनी दाबी गर्दछन किन कि उनी झुन्डिएको होटल को झ्याल पुरै खुल्ला अवस्था मा रहेको र पुडासैनी को क्यामरा र झोला पनि होटल को कोठा बाट गायब रहेको र पुडासैनी का दाजु का अनुसार पुडासैनी लाई ज्यान मार्ने धम्की पनि आइरहेको थियो १ महिना अगाडि सम्म सिधा कुरा जनता संग मा काम गर्दै आइरहेका पुडासैनी भने हाल mountain Tv मा मिसन न्युज कार्यक्रम को रिपोटर र संचालक भै काम गर्दै आएको पुडासैनी का दाजु ले बताएका छन र चितवन मा पनि उनी मिसन न्युज को रिपोर्टिङ को लागि आएका रहेछन

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु