
यति ठुलाे प्रर्दशनमा शान्ति कायम राख्न चितवन प्रहरी प्रमुख मल्ल सफल


चितवन। चितवनकाे इतिहासमा नै ठुलाे मानिएकाे रवि समर्थकहरूकाे प्रदर्शनमा छिटपुट घटना बाहेक चितवन पुर्ण रूपमा शान्त राख्न चितवन प्रहरी प्रमुख दान बाहादुर मल्ल सफल भएका छन ।
विगत ११ दिन देखि चितवनमा भएकाे प्रर्दशनमा कुनै पनि मानविय क्षति विना रविकाे रिहाइ सँगै अाज देखी चितवन पुर्ण शान्त भएकाे प्रतिक्रिया अाउन थालेकाे छ । रवि समर्थककाे अान्दाेलनमा व्यापक प्रहरी उतारी दमन गर्ने, प्रहरीले गाेलि चलाउने अफवहा लाइ चिर्दै प्रहरीले शान्तिपुर्ण रूपमा प्रदर्शनकाे अवतरण गराएकाे छ ।
रवि लामिछाने लाइ हिरासत भित्रै असुरक्षा छ भनि चितवन प्रहरीकाे शाख गिराउने षडयन्त्र समेत एसपी मल्लले सफल हुन दिएनन । रविकाे सुरक्षामा कुनै कसर बाँकी नराखेकाे र सबै किसमकाे सुविधाकाे साथ रवि लाइ हिरासतमा राखेकाे दावि चितवन प्रहरीले गरेकाे छ ।



घुसपैठ हरूकाे कारण चितवन अशान्त हुने प्रहरीले पुर्वानुमान गरेका कारण चितवनमा त्यस्ताे अप्रिय घटना हुन बाट प्रहरी संयमित भएकाे थियाे । प्रहरी विटमा अागाे लगाउने सम्मकाे कार्य प्रदर्शनकारी बाट भएता पनि प्रहरीले संययता अपानाएकाे हाे । यसमानेमा चितवन प्रहरी प्रमुख संयमित भइ चितवन शान्त पार्नमा सफल भएकाेमा प्रहरी प्रमुखलाइ विभिनन सामाजिक संजाल मार्पत बधाइ दिन थालेका छन ।