
भरतपुरका युवाहरुद्वारा झण्डै तीन करोड लगानीमा निर्माण सामाग्री व्यवसाय सुरु


भाद्र ११,भरतपुर –
चितवनको भरतपुरमा युवाहरुको समूहले झण्डै तीन करोड रुपैयाँ लगानीमा हार्डवेयरको व्यवसाय सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–७ स्थित नारायणपुर रोडमा बुधबार एक कार्यक्रमका बिच छायाँ श्री ग्रुप प्रालि तथा चतुर्मुखी सप्लायर्स प्रालि सञ्चालनमा ल्याइएको हो ।
हाल विभिन्न क्षेत्रमा सकृय रहेका युवाहरु छवि गौतम, रेशम सापकोटा, सुवर्ण घिमिरेलगायतले ईन्जिनियरिङ वर्कशपसहितको हार्डवेयर व्यवसाय सञ्चालनमा ल्याएका हुन् । उक्त कम्पनीले सम्पूर्ण निर्माण समाग्रीको विक्री वितरणका साथै ईन्जिनियरिङ परामर्ष पनि उपलब्ध गराउने सञ्चालक छवि गौतमले बताए ।



चतुर्मुखी सप्लायर्सका कार्यकारी सञ्चालक रेशम सापकोटाले गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याइएको बताए ।
(कायाकैरन बाट)