
निर्माण व्यवसायी संघ चितवनको चुवावमा ठुलाे अन्तर्घात,अध्यक्षमा कांग्रेस निकट व्यावसायी भारी मतका साथ विजयी


चितवन, भदौं २७–
निर्माण व्यवसायी संघ चितवनको नयाँ नेतृत्वको लागि आज (शुक्रबार) भएको निर्वाचनबाट अध्यक्षमा उमानन्द कँडेल भारी मतान्तरले विजयी भएका छन् । शुक्रबार राती सकिएको मतगणनामा बाम प्यानलका उम्मेद्वार छवि गौतमलाई १३६ मतले पराजित गर्दै नेपाली काँग्रेस निकटका कँडेल विजयी भएका हुन् । कँडेलले २०४ मत ल्याए भने प्रतिष्पर्धी गौतमले ६८ मत मात्रै प्राप्त गरे ।
यस्ताे परिणाम आउनुमा वाम गठबन्धनमा ठुलाे अन्तर्घात गरिएकाे बुझ्न आएकाे छ । विशेषत ६८ मत मात्र प्राप्त गर्ने छवि गाैतम साविक माअाेवादी निकटका हुन । उनि निकट एक व्यवासायीका अनुसार ६८ मत साविक माअाेवादी निकट व्यवासायीहरूकाे मात्र रहेकाे बताए । उनका अनुसार साविक एमाले निकट व्यवासायीले आँफुले उठाएकाे वाम गठबन्धन लाइ भाेट नहाली नेपाली काँग्रेस निकटका उमानन्द कँडेल लाइ भाेट हालेकाे आराेप लगाएका छन् । यता केहि व्यवसायीले भने चुनाव हार्नुमा उम्मेदवार छनाेटमा समस्याआउनुकाे परिणाम भएकाे बताएका छन । निर्माण व्यावसायी संघमा नेकपाकाे भाेट नै दुइ तिहाइ हुँदा चुनाव हारिएकाेमा चितवनका स्थानिय नेकपाका नेता हरूले अप्रत्याशित भनेर व्याख्या गरेका छन ।



यस्तै द्धितीय उपाध्यक्षमा बाम प्यानलका दिनेशचन्द्र न्यौपाने विजयी भएका छन् । उनले काँग्रेस निकटका भिष्म अधिकारीलाई पराजित गरे । न्यौपानेले १५४ मत प्राप्त गरे भने अधिकारीले ११६ मत प्राप्त गरे । यस्तै संघको सचिवमा झिनो मतान्तरले पुष्कर अधिकारी विजयी भएका छन् । अधिकारीले १३६ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी राजेन्द्रकुमार श्रेष्ठले १३२ मत ल्याए । त्यसैगरी सह–कोषाध्यक्षमा ताराप्रसाद दुवाडी विजयी भएका छन् । दुवाडीले १६० मत प्राप्त गरे भने निकटम प्रतिद्धन्द्धी बाबुराजा सिंहले १११ मत प्राप्त गरे ।
यस्तै संघको खुुल्ला सदस्यमा सहदेव उप्रेती (२१८ं), संजय न्यौपाने (१८५), शिवलाल ढकाल (१७१), प्रकाश तिवारी (१६८), दीपक अधिकारी (१५९), विष्णु प्रसाद लामिछाने (१४५), दीपक पाठक (१३९) र पिताम्बर बास्तोला (१३७) विजयी भएका छन् । कुल ८ जना खुल्ला सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो।
यस्तै संघको बिहीबार भएको मनोनयन दर्ताको क्रममा प्रथम उपाध्यक्षमा केशवप्रसाद लामिछाने र महासचिवमा पुस्तक अधिकारी निर्विरोध निर्वाचित भएका थिए । यस्तै शुक्रबार निर्वाचन हुनुपूर्व कोषाध्यक्षका प्रतिस्पर्धी कांग्रेस निकटका कमलराज आचार्यले उम्मेद्वारी फिर्ता लिएपछि साविक माअाेवादी निकटका उत्सव भट्टराई पनि निर्विरोध निर्वाचित भएका हुन् । यस्तै महिला सदस्यमा पनि रोजिना भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् । सोही पदमा उम्मेद्वारी दिएकी अनुजा धितालले उम्मेद्वारी फिर्ता लिएपछि भट्टराई महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् ।
निर्वाचनमा कुल २७८ मत खसेको छ । मतदानका लागि कुल २८४ मतदाता रहेका थिए ।