
पारस शाहाकाे विरूद्ध हस्ताक्षर बुँझाएकाे भन्दै मन्त्री भट्टराईलाई आक्रमणकाे प्रयास


बाँके । पर्यटन मन्त्री याेगेश भट्टराईमाथि केही राजावादीहरुले नेपालगन्ज एयरपाेर्टमा दुर्व्यवहार गरेका छन् । विधार्थी संगठनकाे जिम्वेवारीमा हुँदा तत्कालिन युवाराज पारस शाहाकाे गलत हर्कत विरूद्ध सात लाख भन्दा बढि हस्ताक्षर गरी तत्कालिन सरकार लाइ बुझाएका थिए त्यहि बेलाकाे रिस नेपालगन्ज एयरपाेर्टमा पाेख्न खाेजिएकाे थियाे मन्त्रि भट्टराइले साैभाद्र पुर्ण तवरले त्यसकाे जवाफ दिएका छन ।
जहाज ढिलाे भएकाे विषयमा केही व्यक्तिले मन्त्री भट्टराईलाई अालाेचना गर्दै दुर्व्यवहार गरेका हुन।
राजावादी ज्ञानेन्द्र शाहीले मन्त्रीका कारण एक घण्टा जहाज ढिलाे भएपछि नागरिकका तर्फबाट रामधुलाई गरेकाे स्टाटस सार्वजनिक गरेपनि उनीहरुले नियाेजितरुपमा अालाेचनामा उत्रिएकाे मन्त्री भट्टराईले बताएका छन् ।



मन्त्री भट्टराईले घटनाबारे स्पष्ट पार्दै लेखेका छन :
आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३/ ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु ।