skip this
  • नेपाल सेरोफेरो

    एनसेल मुद्दामा १५७ दिनपछि रिहा भए विद्यार्थी नेता अटल

  • असोज ६ –
    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य अटल पाण्डे १५७ दिनपछि आईतबार रिहा भएका छन् ।उनलाई एनसेल को बिरोध गर्दा टावर आगजनी को मुद्दा लगाइएको थियो । उनी धादिङ जिल्ला अदालतबाट १ लाख धरौटी तिरेर रिहा भएका हुन् ।
     गत वैशाख ६ गते गाेर्खा बाट प्रहरीले गिरफ्तार गरेका अटललई अदालतले एक दिन गोरखा हिरासतमा राखे पश्चात धादिङ हिरासतमा लगेको थियो।
    धादिङ जिल्लामा ३७ दिन लामो  हीरासत बसाई पछि जिल्ला अदालतबाट १ लाख धरौटी तोकी आत्मसमर्पण गर्न लगाइएको थियो तर उनले त्यो कुरा स्वकार गरेनन्, धरौटीमा रिहा हुने वित्तिकै पुनः पक्राउ गरी मुद्दा चलाउने राज्यको प्रपन्च ध्वस्त बनाएका थिए । त्यसपछि उनलाइ कारागार चलान गरियो ।
    आईतबार उनले १ लाख धरौटी तिरे पश्चात उनलाइ तारेखमा अदालतले छोडेको हो । उनले आफ्नो फेसबुकमा स्टाटस मार्फत रिहा गर्न सहयोग गर्ने समपुर्ण लाइ धन्यवाद व्यक्त गरेका छन ।
    “सामाजिक दलाल फासिबादी सरकारको झुटो अभियोगमा १५७ दिनको हिरासत /कारागार बसाइँपस्चात हिजो १ लाख धरौटी मा धादिङ जिल्ला अदालत बाट रिहाइ भइयो ।रिहाइ को लागि पहल गर्नुहुने सम्पुर्ण पार्टी पंक्ति ,कानुन ब्यवसायी ,पत्रकार ,नागरिक समाज ,आफन्तजन र राजनीतिक तथा भावनात्मक रुपले सहयोग गर्नुहुने सम्पुर्ण मित्रहरु प्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछु ।“ अटल पाण्डे केन्द्रिय सदस्य अखिल (क्रान्तिकारी) 

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु