skip this
  • फिचर

    महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश

  • काठमाडौं – स‌ंसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि  निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

    काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको हो ।

    दोस्रो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएका महरालाई जिल्ला अदालतले सरकारी वकिल कार्यालयमा सात घन्टा लामो बयानपछि जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो।

    यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो । प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद मागे पनि अदालतले ५ दिनमात्र दिएको हो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु