skip this
  • चितवन विशेष

    भारतीय ज्यादतीको विरुद्ध सप्तगण्डकी क्याम्पसमा कोणसभा, कालापानी झणडा गाड्ने चेतावनी

  • भरतपुर स्थित सप्तगणकी बहुमुखी क्याम्पसमा सतारुढ विद्यार्थी संगठनकै आयोजनामा भारतीय सरकारले निकालेको बिबादास्पद नक्साको विरुद्ध कोणसभा आयोजना गरेक छ ।

    गत शनिबार भारतीय सरकारले नेपालको कालापानी र लिपुलेक क्षेत्र लाई समेत आफ्नो नक्सामा राखेको थियो । यश सङै देशभरी बाट बिरोध भएको छ । सप्त्गणकी क्याम्पसमा समेत आज बिहान कोणसभा भएको थियो । सप्तगण्डकी क्याम्पस साबिक अनेरास्ववियु र साबिक अखिल (क्रान्तिकारी) इकाईको आयोजनामा भएको कोणसभामा प्रमुख अतिथी भरतपुर महानगर वडा न ११ का नेकपा अध्यक्ष तथा अनेरास्ववियु सप्तगण्डकीका पुर्ब अध्यक्ष प्रकाश आचर्य रहनु भएको थियो अन्य अतिथी हरुमा अखिल (क्रान्तिकारी) का जिल्ला कार्यलय सदस्य सुशन चितवने , अनेरास्ववियु सप्तगण्डकी इकाईका उपाध्यक्ष सुरेश कार्की , अखिल जिल्ला कमिटी सदस्य आर्मान पाठक रहेका थिय । अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष समीर सुबेदीको अध्यक्षतामा सप्पन्न भएको कार्यक्रम अनेरास्ववियुका अध्यक्ष हरि आचर्यले सन्चालन गर्नु भएको थियो ।

    कार्यक्रमका अतिथी सुसन चितवने अफ्नो मन्तव्य राख्दै ४ बर्ष आगाडी लिपुलेकको आवाज उठाउदा सरकारले हस्ताछेप गर्ने गरेको तर अहिलेको सरकारले आधिकारिक रुपमा भारतीय रबैयाको बिरोध गरेक्ल प्रती सरकारलाई धन्यवाद व्यक्त गर्न भएको छ । साथै लिपुलेक रा कालापानीमा झण्डा गाड्न समेत तायार रहन आम विद्यार्थीलाई आग्रह गर्नु भएको छ । कालापानी बाट भारतीय सेना पनि यहि आन्दोलन बाट हटाउन सकिने समेत उहाँले  बताउनु भयो ।

    कार्यक्रमका प्रमुख आतिथी प्रकाश आचर्यले आफू हरु सत्तारुढ विद्यार्थी संगठन भएता पनि राष्टृयताको सवालमा प्रतिपक्षी आन्दोलन गर्न पछि नपर्ने बताएका छन । अनेरास्ववियु ले सधैं आन्दोलनको मोर्चामा अघि हुने समेत जानकारी गराउदै फरक प्रसङ्गमा सप्तगडकी क्याम्पसमा प्राध्यापक हरुको गतिविधि प्रती आक्रोश पोख्न भएको थयो। पढाउन छाडेर अनावश्यक आन्दोलन नालाग्न प्राध्यापक हरुलाई चेतावनी दिनु भएको थियो । प्राध्यापक हरुले अनावश्यक राजनीति गरेको समेत आरोप लागाउनु भएको थियो ।

    कार्यक्रम संचालक हरि आचर्यले भारतीय सरकारको हेपाहा प्रबृत्तिको बिरोध गर्दै कलेजको समस्या पनि उठान गर्नु भएको थियो । सप्तगण्डकी क्याम्पसका प्राध्यापक हरुलाउ धेरै राजनिती नगर्न चेतावनी दिएका थिए । विद्यार्थीको भबिस्य माथि खेलबाड नगर्न समेत सुझाव दिएका थिए ।

    कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष समीर सुबेदीले नेकपा अध्यक्ष प्रचण्ड र सरकारले सनेत भारतीय कदमको बिरोध गरेका कारण सम्पुर्ण जनता भारतीय कदमको विरुद्ध एकजुट हुनु पर्नेमा जोड गर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु