skip this
  • नेपाल सेरोफेरो

    देवघाट धाममा एकादशी मेला सप्पन्न

  • विकास ढकाल- कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन शुक्रबार तुलसीको विशेष पूजाआजा एवं दामोदर (विष्णु) सँग विवाह गरी मनाइएको छ ।
    आषाढ शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिनदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा तुलसीको मठ बनाएर पूजाआजा गर्छन् । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान र आकाशदीप दान पनि शुरु हुने गर्छ ।
    औषधीय गुणले युक्त तुलसी मानव जीवनका लागि उपयोगी रहेको तथ्य आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । ऋषिमुनिले वन जङ्गलमा वनस्पतिका रुपमा तुलसीको अनुसन्धान गरी उपयोगी भएपछि पूजाआजाको रीत बसालेको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
    र त्यसदिन विशेष रुपमा नेपाल कै पवित्र तिर्थस्थल को रुपमा चिनिएको देवघाट धाम मा पनि भक्त हरु को बिहानै देखि बेलुका सम्म घुइँचो लागेको थियो र देवघाट एकादशी मेला भव्य र समपन्न पार्न को निम्ति र भक्त हरु को सुविधा को लागि देवघाट का युवा हरु बिहानै देखि नदि किनार को तट मा लागिपरेका थिए

    एकादशी मेला को समय मा गगा मा स्नान गर्ने र नदिको वारपार पन्चेबाजा सहित तोरण तार्ने को समेत भिड रहेको थियो देवघाट चितवन देखि देवघाट तनहुँ तर्फ डुङ्गा मार्फत तर्ने भक्त हरु को संख्या ४००० रहेको डुङ्गा संचालक विभिषण शर्मा बताउछन भने झोलुङ्गे पुल बाट पनि तनहु तर्फ जाने भक्तहरु को घुइँचो उत्तिकैनै रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु