skip this
  • चितवन विशेष

    कालापानी बाट सेना हटाउने राम्रो अवसर, भारत सँग वार कि पार हुने गरी बार्ता हुन्छ

  • चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमी भएको बताएका छन् । नेकपा भरतपुरको कार्यक्रममा प्रचण्डले नेपाली भूमीलाई भारतले जबरजस्ती रुपमा आफ्नो देशको नक्सामा राखेको बताएका हुन् । 

    प्रचण्डले भारतले नेपाललाई राष्ट्रिय चुनौति दिएको बताएका छन् । उनले भने ‘हामिलाई भारतले जवरजस्ती रुपमा राष्ट्रिय चुनौति दिएको छ यसलाई सबै मिलेर सकरात्मक रुपमा परिणत गर्न सक्नुपर्छ ।’ 
    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानीको सिमा समस्या ऐतिहासिक दस्तावेज, तथ्यका आधारमा समाधान हुने बताए । सीमा विवादबारे सम्पूर्ण राजनीतिक दलबीच राष्ट्रिय एकता रहेको प्रचण्डको भनाइ छ । 

    प्रचण्डले भने ‘खुसीको कुरा यो छ कि अहिले सबै दल एक छन्, बलियो कम्युनिष्ट पार्टी र बलियो सरकार रहेकाले भारतसँग नेपालको पक्षमा हुनेगरी सरकारले पहल गर्छ ।’ प्रचण्डले अहिलेको यो समस्यालाई नेपाली सीमा समस्या समाधानका लागि अवसरका रुपमा लिनुपर्ने बताए । 

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु