skip this
  • चितवन विशेष

    सुस्तावासी द्वारा भारतीयले हडपेको जमिनमा नाप जाँच गरि फिर्ता गर्न माग

  • परासी, कात्र्तिक २८ ।
    भारतिय अतिक्रमणको चपेटामा पर्दे आएका पश्चिम नवलपरासीको सुस्ताबासीले सिमा क्षेत्रमा सिमाङ्कन गरेर सिमा स्तम्भ कायम गर्न माग गरेका छन् । बिहिवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएदै सुस्ता बचाउ अभियानले कालापानी लिपुलेक लगाएतका स्थानको नापि गरि सिमाङ्कन गर्ने चर्चा चलिरहेको बेला वर्षो देखि अतिक्रमणमा पर्दे आएको सुस्ताको विषय समावेश नगरिएको भन्दै आपत्ति जनाएका छन् ।
    सुस्ता क्षेत्रको हाल सम्म वास्तविक नापजाँच गरि सिमाङ्कन नगरिएको गुनासो गर्दे उनिहरुले तत्कालै सिमाङ्कन गरेर सिमा स्तम्भ कायम गर्न प्रधानमन्त्री समक्ष माग गरिएको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल प्रसाद गुरुङ्गले जानकारी दिनुभयो ।
    सुस्ताको कुल भुभाग ४० हजार ९ सय ८० हेक्टर रहेकोमा सुस्ताबासिले हाल जम्मा ७ हजार पाँच सय हेक्टर क्षेत्र मात्रै उपभोग गर्दे आएका छन् । साथै ज्ञापन पत्रमा सुस्ता बासी नेपाली भुमि रक्षाका लागी लडिरहने तर नागरिकता समेत पाउने अवस्था नरहेको उल्लेख गर्दे तत्काल सबै नेपालीलाई नागरिकताको व्यवस्था गर्न माग गरिएको छ ।
    सुस्ता लामो समय देखि भारतिय अतिक्रणमको चपेटामा पर्दे आएको छ । नारायणी पारीको गाँउ सुस्तामा सहजै आवतजवातका लागी नदिमा पुल समेत नहुदा सुस्ताबासी जोखिपुर्ण डुंगाको यात्रा गरेर वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।
    सुस्तामा भारतिय पक्षले अतिक्रण गर्दे जादा सुस्ताबासी आफ्नै क्षेत्रको जमिनमा पनि जोतभोग गर्न पाएका छैनन् । सिमा रक्षकका रुपमा रहेका आफुहरुलाई राज्यले विभेद गरेको उनिहरुको गुनासो छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु