skip this
  • चितवन विशेष

    चितवनमा बढ्यो प्रचण्ड क्रेज, उपचुनावको मुखमा नेकपाको बिशाल आम सभा

  • मंसिर १४ गते हुने उपनिर्वाचन देशको विभिन्न ठाउँमा हुदै छ। चितवनको भरतपुर महानगरपालिका-१६ मा वडा अध्यक्षको निधन भएपछी उपनिर्वाचन हुदैछ। उपनिर्वाचनमा नेकपाका तर्फबाट भक्तराज हमालले उमेद्वारी दर्ता गराएका छन्। सोहि उपनिर्वाचनको क्रममा आज नेकपा भरतपुर-१६ विजयनगरमा नेकपाको बिशाल चुनावी सभा भएको छ। चुनावी सभामा नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावी सभा सम्बोधन गर्नुभएको हो। सभामा हजारौं जनताको सहभागीता रहेको थियो । यसले चितवनको राजनीतिमा तरङ पैदा गरेको छ । खास गरि नेकपा अध्यक्ष प्रचण्डको लोकप्रियता बढेको विश्लेषण गर्न थालिएको छ । प्रचण्ड को नेतुत्वमा बिकासले गति लिन थालेकोले प्रचण्डको सम्बोधन सुन्नको लागि आएको एक स्थानीयले बताए ।

    आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भरतपुर महानगरपालिका वडा नः १६, नेकपा अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र नः ३ मा पर्छ ।
    त्यसैगरी उनले कार्यक्रममा राष्ट्रियतालाई चुनावी एजेण्डा नबनाउन आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा भारतले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि प्रचण्डले सार्वजनिक रुपमै प्रतिवाद गरेका हुन् । उनले भने ‘देउवाजी जस्ता साथीहरु झुटा कुरा नगरौं, भौगोलिक अखण्डता, राष्ट्रिय अखण्डता र एकता जस्ता कुरा चुनावी एजेण्डा होइनन् ।’

    प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकोमा कुनै द्विविधा नभएको भन्दै भारतसँग कुटनीति ढंगबाट वार्ता गरी जमिन फिर्ता गरिने बताए । ‘सुगौधी सन्धिको धारा ५ अनुसार कालीनदीभन्दा पूर्वको जमिन नेपालको हो, हामीले भारतलाई यसबारेमा पत्रको डाफ्टसमेत पठाइसकेका छौं’, प्रचण्डले भने ‘हाम्रो एक इन्च भूमि पनि दिदैनौं भारतको एक इन्च पनि चाहिँदैन ।’

    पानीजहाजको युग सुरु भयो

    प्रचण्डले पाँच वर्षको स्थीर सरकार बनेपछि टनेल र रेल मार्ग निर्माण तथा पानीजहाज सञ्चालन गर्ने काम तीव्र गतिमा अघि बढेको बताए ।

    ‘हामी टनेल युगमा गएका छौं, अब राजमार्गहरु सिधा हुन्छन्, नयाँ नयाँ र छोटा टनेल मार्गहरु बनाउँछौं, काम सुरु भइसकेको छ, रेल पनि आउँदैछ, पूर्वबाट सुरु हुन लाग्या छ, उत्तरबाट पनि आउँछ, दक्षिणबाट पनि आउँछ, नारायणीमा केही दिनमा नै पानीजहाज चल्छ,’ अध्यक्ष प्रचण्डले भने ।

    हेरौ फोटोफिचर। :

    समाचार सहयोग मेरोखबरसाथी डट कम and नरायाणी अनलाइन

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु