skip this
  • चितवन विशेष

    ह्याचरी संघको दादागिरी, मासुको मुल्य बढाउन जबर्जस्ती चल्ला नष्ट गर्दै

  • चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ फूर्तीचोकमा रहेको बुढा निलकण्ठ ब्रिडर्स फार्म प्रालिमा उत्पादन भएको चल्ला नष्ट गरिएको छ ।
    नेपाल ह्याचरी उद्योग संघका पदाधिकारीहरुले फार्ममा गएर चल्ला नष्ट गरिदिएका हुन् । आफूहरुको आन्दोलनको अवज्ञा गरेर चल्ला उत्पादन गरेको भन्दै संघका पदाधिकारीहरुले उद्योगमा नै पुगेर चल्ला मारेका हुन् । संघले १० दिनसम्म चल्ला उत्पादन नगर्न आह्वान गरेको थियो ।
    बुढा निलकण्ठ ब्रिडर्स फार्म प्रालिका सञ्चालक देवेन्द्र श्रेष्ठकाअनुसारका संघका मान्छेले चार हजार दुई सय कुखुराका चल्ला नष्ट गरिदिएका छन् । उनीहरुले आइतबार बिहान उत्पादन भएको कोइरल चल्ला नष्ट गरिदिएका हुन् । चल्लाको बजार मूल्य दुई लाख १० हजार रुपैयाँ रहेको श्रेष्ठले बताए ।
    चल्ला नष्ट गर्न संलग्न रहेको अभियोगमा प्रहरीले नेपाल ह्याचरी उद्योग संघका तीन जना पदाधिकारीलाई पक्राउ गरेको छ । चितवनमा हरेक आइतबार र बुधबार ह्याचरीबाट चल्ला निकाल्ने गरिन्छ
    यस विषयमा सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले आफुहरु भेला राखेर सबै सर्वसहम निर्णय अनुसार चिकेन होलिडे गरेका बताउदै कसैलाई पनि जबरजस्ती नगरेको बताए । उनले यो संकट हटाउन यो पहिलो पटक नेपालमा प्रयास गरिएको बताउदै एकजुट भए मात्र यो समस्या हल हुने बताए । साथै यो निर्णयले सबैको हित हुने समेत उनको दावी छ

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु