skip this
  • चितवन विशेष

    आगामी फागुन १४ मा चितवनमा १५ वटा क्याम्पसमा स्वबियु चुनाव हुने

  • पौष २५, काठमाण्डौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते हुने भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले उक्त मिती निर्धारण गरेको हो । निर्वाचन मिति तोकिसकेपछि अब मातहतका निकाय र क्याम्पसलाई जानकारी पठाउन थालिएको रजिस्ट्रार पेशल दाहालले जानकारी दिए का छन ।

    आगामी फागुन १४ मा चितवनमा १५ वटा क्याम्पसमा स्वबियु चुनाव हुने चुनाव हुने भएको छ । बिगत ११ बर्ष देखी चितवनक क्याम्पस हरुमा चुनाव हुन सकेको छैन । २०६५ सालको चुनावमा १३ वटा क्याम्पसमा चुनाव भएको थियो भने यस बर्षको चुनावमा कुल १५ वटा क्याम्पसमा चुनाव हुने भएको हो । २०६५ सालको चुनावमा कुल १३ वटा क्याम्पस मध्य ९ वटा तत्कालिन माओबादी निकट अखिल (क्रान्तिकारी) र् ४ वटामा ततकालिन एमाले निकट अखिलले सहकार्य गरी चुनाव जितेका थिए ।

    चितवनमा स्वबियु हुने १५ क्याम्पसहरु

    Saptagandaki Multiple Campus,Birendra Multiple Campus,Balkumari Multiple Campus, Mayadevi Multiple Campus,Shahid Smrtii Multiple Campus,Janaadhrsha Multiple Campus,Bhuwani Shankar Multiple Campus,Umaghadi Multiple Campus, Madi Multiple Campus,Arundaya Multiple Campus,Amar Janashakti Multiple Campus,Prembasti Multiple Campus, Bishow Prakash Multiple Campus, Panchakanya Multiple Campus, Saheedsmarak Multiple Campus,

    त्रिवि विद्यार्थी कल्याण विभागले स्ववियु निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी भर्नालगायत काम सक्न क्याम्पसलाई ताकेता गरिसकेको छ । कार्यकारी परिषद्को बैठकले निर्वाचनसम्बन्धी प्रक्रिया थाल्न विभागलाई समेत परिपत्र गरेको छ ।

    गत वर्ष निर्वाचन समन्वय एवं निरीक्षण समिति गठन गरे पनि विद्यार्थी संगठन र प्रमुख दल तयार नभएपछि निर्वाचन हुन सकेको थिएन । ०७३ मा पनि अन्तिम समयमा त्रिविका अधिकांश क्याम्पसमा निर्वाचन भएन  । सत्तारूढ नेकपानिकट अनेरास्ववियुका संयोजक ऐन महरले विद्यार्थी आन्दोलन र स्ववियु जोगाउन पनि यो वर्ष चुनाव हुनुपर्ने तर्क गरेका छन् । निर्वाचनभन्दा एक महिना पहिले मिति र कार्यतालिका सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु