skip this
  • चितवन विशेष

    भरतपुरको सिजी ल्याण्डमार्कमा केटीएम सिटी र एन्टा ब्राण्डका कपडाको शोरुम विस्तार

  • प्रकाशित मिति: शुक्रबार, माघ ०३, २०७६ | २१:०४:२०

    -ध्रुवराज लामिछाने
    चितवन- स्क्वाड नेपाल प्रालिले चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कमा सुपथ मूल्यमा गुणस्तरीय कपडा बिक्री वितरण गर्ने उद्देश्यले शोरुम विस्तार गरेको छ ।स्क्वाड नेपाल प्रालिले सिजी ल्याण्डमार्कमा चितवनका लागि आधिकारिक शोरुमको रुपमा शाखा विस्तार गरेको हो ।  शोरुममा केटीएम सिटी एन्टा ब्राण्डका कपडा उपलब्ध हुनेछ । उक्त शोरुमको माघ ७ गते नेपाली चलचित्रकी नायिका तथा निर्मात्री पूजा शर्माको प्रमुख आतिथ्यतामा औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको सञ्चालक फिलिप डिसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।सञ्चालक डिसीसहित सुरज तिवारी, उत्तम गुरुङ र इन्द्रविक्रम थापाले एक करोड ५० लाख रुपैयाँ हाराहारीमा लगानी गरेका छन् ।

    सो प्रालिले देशभर ५० वटा शोरुम सञ्चालन गरिसकेको छ भने चितवनमा आवश्यकताअनुसार अन्य बजारमा समेत शोरुम विस्तार गर्ने योजना रहेको अर्का सञ्चालक सुरज तिवारीले बताए । सामान्य वर्गदेखि हुनेखाने वर्गका ग्राहकलाई लक्षित गर्दै चितवनको परिवेशअनुसार केटीएम सिटी तथा एन्टा ब्राण्डका गुणस्तरीय कपडाहरु उपलब्ध हुने सञ्चालक उत्तम गुरुङले बताए । सो शोरुममा ९० रुपैयाँदेखि माथिका कपडाहरु उपलब्ध हुनेछ ।

    उद्घाटन कार्यक्रममा चितवनका चर्चित गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल, हास्य कलाकार नारद खतिवडा, पल्पसा डंगोल (चम्सुरी) लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहने अर्का सञ्चालक इन्द्रविक्रम थापाले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु