skip this
  • फिचर

    भरतपुरको कोरोना विषेश अस्पतालमा एक युवकको मृत्यु, कोरोना भए नभएको पुष्टि हुन बाकी

  • भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले जानकारी दिए ।
    उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

    कोरोना विशेष अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीका अनुसार सोमबार दिउँसोबाट श्वासप्रश्वासमा केही समस्या बढेपछि अस्पतालकै सघन कक्ष (आइसियु) मा सारिएको थियो । समस्या बढ्दै गएपछि आज विहान बिहान ९ः३० बजे मृत घोषणा गरिएको डा.अधिकारीले बताए ।

    ती युवामा लुपस भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण देखिएको थियो । सोही उपचारका लागि चितवन मेडिकल कलेज पुगेका उनलाई तत्कालै कोरोना अस्पतालमा रिफर गरिएको थियो । उनी चैत ९ गतेराती कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

    कोरोना परीक्षणका लागि स्वाब संकलन गरी १० गते नै काठमाडौं पठाईएको छ । उनको रिपोर्ट आउन बाँकी भएकाले सुरक्षितसाथ रिपोर्ट नआउन्जेल आइसोलेसनमा राखिने डा.अधिकारीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु