skip this
  • फिचर

    अटेरी निजि अस्पताल माथी कारवाही गर्न विद्यार्थी नेता तामाङको आग्रह

  • कोराना संक्रमण फैलिरहादा अनेरास्ववियूका सहसम्योजक रन्जित तामाङले अटेरी निजि अस्पताललाई कार्वाही गर्न सरकार सङ माग गरेका छन ।

    कोरानाको महामारी भएको अबस्थामा निजि अस्पताल हरुले उपचार गर्न नमानेको भन्दै नेता तामाङले यस्त्यो माग गरेका हुन । सामाजिक संजाल मार्फत आझ उनले यस्त्यो मग गरेका छन । हेरौं उहाँको स्टाटस जस्ताको तस्तै

    “”निजि अस्पतालहरुले उपचारका लागि आएका बिरामीहरुकाे
    उपचार गर्न मानेनन भन्ने यत्र तत्र समाचार प्रति सरकारकाे गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।
    बिश्व मानव समुदायलाई नै समस्यामा पार्ने काेराेना भाईरसकाे महामारीले देश आक्रान्त भएकाे याे घडीमा देश,जनता र समाज प्रति उत्तरदायी र जिम्मेवार बन्न निजि अस्पतालका संञ्चालकहरुलाई आग्रह गर्दछु ।
    अस्पतालहरुले स्वास्थ्य सेवाले प्रबाह गर्ने हाे,तर संकटकाे बेला मानबियता र सामाजिक दायित्व पनि पुरा गर्नु पर्छ। बिसुद्ध पैसा कमाउने ब्यापारीक प्रयाेजनले मात्र सञ्चालित हुनु हुदैन ।
    मदर टेरेसाकाे महामानबिय आदर्शमा हिडेकाे स्वास्थ्य सेवा,
    बिरामिकाे उपचारमा अहाेरात्र खटेर मानिसलाई जिवन दिएर आफु संक्रमित भै जिवन त्याग्न पनि तयार आजका बिश्वका उदाहरणीय डाक्टरहरुबाट हाम्रा ब्यापारी – माफियाहरुले केही सिके हुने ।
    यदि निजि अस्पतालका सञ्चालकहरुलाई नै काेराेना भाईरस संक्रमण भएकाे अवस्थामा काेही डाक्टरले उपचार गर्न मानेनन भने एक पटक साेच्नुस त तपाईलाई कस्ताे हाेला??
    यसर्थ मानविय कर्तब्य पुरा गराै ।
    नेपाल सरकारलाई पुन आग्रह गर्न चाहन्छु मानबिय संबेदना ख्याल नगरि बिरामि नलिने, उपचार सेवा नदिने निजि अस्पतालकाे या त लाईसेन्स खारेज गरिनु पर्छ, या त मानबिय अपराधकाे मुद्धामा पक्राउ गरि कानुनी उपचार गरिनु पर्छ ।
    राज्यकाे आखाबाट हरेक नागरिककाे जिवनकाे मुल्य एउटै हुनुपर्छ । हरेक नागरिकले अकालमा मृत्युबरण गर्न नदिन सरकारले हरसम्भव प्रयास गरिनु पर्दछ ।
    निजि अस्पतालहरुले बिरामि लिन नमानेकाे समाचार बारम्बार आईरहदा पनि सरकारकाे तर्फबाट एक्सन लिनुकाे सट्टा मृदुभाषी अनुराेध दाेहाेराईरहनु दुखद छ ।
    सरकार जनताकाे आवाज,जनताकाे पिडाकाे सारथि त बनाै ! “”

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु