skip this
  • फिचर

    देवघाटको आश्रममा युवा कृषक द्वारा निशुल्क तरकारी बितरण

  • कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर लकडाउनको घोषणा गरेको छ । यस्तो अवस्थामा आश्रममा रहेका व्यक्तिहरुले खान नपाउने स्थिति सिर्जना हुन थालेको भन्दै भरतपुरका युवाहरुले देवघाटका आश्रमहरुमा तरकारी वितरण गरेका छन् । व्यवसायीक तरकारी खेती गर्दै आएका आठ व्यवासायीक युवा कृषकहरूले आफनै बारीको तरकारी संकलन गरेर शनिवार देवघाटको आश्रमहरुलाई वितरण गरेका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर २५ का समिर भुषाल, सुमन सुवेदी, सुजन भण्डारी, श्याम भुजेल, प्रदिप चपागाईं, गोपी न्यौपाने, मणी सापकोटा र हरिचन्द्र मित्राकोटीले आफनो बारीमा भएको तरकारीहरु संकलन गरी वितरण गरेका हुन् । उनीहरुले देवघाट क्षेत्रमा रहेका ७ आश्रम सहित केही स्थानीयहरुलाई २ सय केजी फर्सी, १ सय केजी काउली, ५० केजी बोडी, २ सय केजी वन्दा, २ सय केजी काक्रो र ९० दर्जन केरा वितरण गरेका थिए । लकडाउनको निर्णयसँगै आफ्न्त नहुने आश्रममा बसेकाहरुलाई संकटको बेलामा सहयोग गनुपर्ने दायीत्व सम्झियर सहयोग गरेको युवाहरुले बताएका छन् । राहत वितरण कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष बिजय कुमार भुजेलको समेत उपस्थिती रहेको थियो

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु