
जब छोरा ठुलो हुनेछ…


जब छोरा ठूलो हुनेछ,बिर्सिनेछ
यो आमाको प्रशव पीडा
सम्जिनेछ उ त आकाश बाट उडेर आयको हो
मेरा हिलोले सिगारियका फुटेका पैताला देखेर
उ दिक्दार मान्नेे छ अनि सोध्ने छ साच्ची तिमी
मेरि आमानै हौ त?
तेस्लाइ खाना खुवाउने यी हातहरु
उमेर लम्किदै जादा घास्का रेसा हरुका
प्रेम स्पर्शले चिरिनेछ्न,
अनि तै छोराले नछोउ मेरो खाना भन्नेछ
मामु,बाट बिस्तारै बुडि,उता जाउ
अनि हजुर बाट मायाले तिमी हुनेछ
मलाइ मेरो छोराले धेरै माया गरेर
म अनपढ सकि नसकी जोहो तोहो गरेर
पदाय उस्लाइ अब उ अरुसङ त बोल्दैन
मेरै मजाक बनायर हास्नेछ किनकी म अन्पढ
केही नजान्ने गवार उ त अब हाकिम सर जस्तो
मान्छे,मेरा शब्द त उस्लाइ गवारनै लाग्छ्न
पहिलोपल्ट बिद्यालय जान नमानेर कति
फकायर केके ल्याइदिन्छु भन्दै लगेकी हुम
अहिले सोच्ने छ कि म आफै येस्तो पढन्दास भय
आफैले एक्लैले येति शिक्षा कमाय
वा मेरो छोरो निकै बुद्दिमान हुनेछ
मलाइ गारो होला भनेर बुहारी ल्यायपछी
उस्लाइ लियर उड्नेछ बिदेश हेर कति
माया यो आमाको
घर्मा बस्यो भने त बुहारिले नराम्रो भन्लिकी
भनेर उस्लाइ सङै लियर जानेछ,आहा कति
माया गर्ने छ मलाइ
म गाउबाट कहिलै बाहिर ननिस्केकी पाखे बुडिलाइ
उस्ले बिदेश घुमाउन लानेछ अज खुसी दिन
नाति नातिनाको हेरचाह गर्न पाइनेछ
उनिहरु त काममा नै व्यस्त हुन्छ्न काम गर्ने
मान्छे राख्न पैसा लाग्छ म जाबी बुडिको
आखिर काम नै के छ र? जसरी छोरालाइ
तेल लायर मालिश गर्या थेय बस तेसरिनै
नातिलाइ गर्नेछु?बिस्तारै नातिलाइ तातेताते
हिड्न सिकायसी उ पनि विद्यालय जाने छ,
अनि म त्यो बिरान देश मा एक्लै हुन्छु भनेर
सन्चो हुदैन कि भनेर छोराले चिन्ता मानेर
नेपाल पठाउन महङो हवाइ टिकट काटिदिनेछ
म बुडि मान्छेको केनै छर?आउछु आफ्नै ती
प्रसव पिडाले चर्कियका छाती हरु ती घाउ हरु
भर्ने जमर्को गर्दा गर्दै
गाउमा एक्लै बस्नेछु फेरि छोराले कति माया गर्नेछ
दिन्को 2 पटक फोने गर्नेछ म ठिक छु कि नाइ
भनेर,फेरि गाउतिर आवाज सुन्छु बुडि मरि कि नाइ
भनेर हो ,दिन्कै फोन गर्ने,
अनि म घर्को त्यो धुरी खाबो लाई हेर्दै
आफुलाइ भित्र बाट नियाल्दै हुनेछु
बिस्तारै मेरो शरीर मै सङ रिसाउने छ,
स्वाव ले त मसङ बोल्न छाडेर बस्नेछ
छोरा आउन भ्याउदैन बिचरा जागिरमा
बढुवा भयको छ रे यो जाबी आमा
अब म मरेनी केइ बिग्रीदैन भन्ने भान हुनेछ
बिस्तारै म आफैलाइ सास फेर्न झ्याउ लाउनेछ
जिउने आशा पनि सकिदै जानेछ
फेरि आफैलाइ पीडा दिन मन लागेर
छट्पटाउने छु रात्भर सम्जिन्छु छोरालाइ
खाना खायो होला कि नाइ?येसरी
रात भर मेरो र मेरो रिसायको शरिरको
घमासान युद्ध हुन्छ अन्तिममा म एक्लि बुडि
हारेर आत्मसमर्पण गर्ने छु।
मेरो छोरालाइ मेरो चिन्ता येति धेरै हुनेछ कि राती नै
खबर पायर रातारात आउनेछ।
त्यो छोराको माया देखेर फर्किन
मन लाग्ने छ बिचरा मेरो लागि भनेर के के
दान गर्नेछ
गाउले ले फेरि कुरा काट्नेछन जिउदो हुदा फर्केन
मरेपछी नाटक येहि जगा बेच्ने निउ हो
तर म माथी बाट छोराको माया हेरि राखेकी हुनेछु
बिस्तारै तेह्र दिन पुग्नेछ तेइ दिन को पुजा सकिन
नपाउदै केही गाडी मेरो घर अगाडि रोकिनेछ्न
उनिहरु केही कागज लियर आउनेछ्न
अनि मेरो छोराले हासी हासी आफ्नो नाउ
लेखिदिनेछ त्यो कागज मा
अनि सुन्सान त्यो मेरो घर वारि बेचेको हुनेछ
अनि मलाइ सदाका लागि छाडेर जानेछ।
अनि माथी म भगवानसङ गुनासो गरेकी
हुनेछु,मेरो अस्तित्व खै आखिर म सदा
अरुकै लागि बाच्ने भय आमा किन बनायौ
अनि झगडा गर्ने छु अब मलाइ भुलेर नि
आमा बनाउने दुस्साहस नगर्नु।।।
#परिवेश चापागाईं(मुन्छे)


