
कविता- हराएको मेरो देशको सिमाना


भुमी गैरे
यहाँ पुच्छर दौडिरहेछ, माउसुलित मरिसक्यो
पर्खाल हिजै बन्नुपर्थ्यो, आज बेला टरिसक्यो
काचुली छरपस्ट छ एता, सर्प गयो नेटो काटि
बोटमा के खोज्दै छौ जन, फल पाक्यो अनि झरिसक्यो
यहाँ चङ्गा देखिन्छ हावामा, धागोत चुँडियो कतै
एउटा कागती चपाउछ, अर्कैको दात कुँडियो कतै
फसल अलपत्र छ भुइमा, असिना पग्लेरै बिलायो
रातमा कहाँ हिड्दै छौ जन, दिनमा ब्यर्थै गुडियो कतै



यहाँ छायाँ देखिन्छ देबको, हेर्दा राक्षसी रुपमा
कोहि पिङ्ग खेलीरहेछ, निंद्राको झुप झुपमा
तालुले जवानी उतार्यो, कपाल झरेरै हरायो
खेतमा के रोप्दै छौ जन, बैषाखे खडेरी धुपमा
आपका बोटमा यहाँ, विषका दाना फले पछि
अर्कैले सातु बुकाएछ, मितले मित छले पछि
चित्रमा झल्किन्छ देश यो, सिमाना खै कता हरायो
के गर्छौ खरानी बोकेर जन, झुपडी पहिलेइ जलेपछि