skip this
  • नेपाल सेरोफेरो

    देवघाटमा राहतमा चलखेल निष्पक्ष छानबिन को माग कि राजनीतिक प्रतिशोध (यस्तो छ कारण)

  • देवघाट गाउँपालिका अन्तर्गत रहेको वडा न. ५ का अध्यक्ष याल ब.गुरुङ र केही कर्मचारी हरुले आपसी मिलेमतो मा दाता द्वारा राहत को निम्ति प्रदान गरिएको चामल विक्री गरिएको कुरा सर्वसाधारण बिच चर्चा को विषय रहेको भन्दै जेठ १८ गते नेपाली काङ्ग्रेस देवघाट ले ज्ञापन पत्र तयार गरि राहतकोष सयोजक नेपाली काङ्ग्रेस मा नै आबद्ध गाउँपालिका कि उपाध्यक्ष बिमला थापालाई निष्पक्ष छानबिन को मागगर्दै हस्तान्तरण गरेको हो ।
    नेपाली काङ्ग्रेस देवघाट को नजर मा राहत बिक्री गर्ने व्यक्ति देवघाट गाउँपालिका अन्तर्गत वडा न ५ का वडा अध्यक्ष याल ब. गुरुङ ले भने आफू माथी राजनीतिक प्रतिसोध का कारण यस्तो आरोप लगाइएको जिकिर गरे र आफू मार्फत यस्तो लज्जास्पद कार्य नभएको र ३ वर्ष को कार्यकाल पार गरिरहादा सम्म केवल जनता को हकहित को लागि मात्र काम गरेको र ५/१० बोरा चामल बिक्री को यो आरोप यदि प्रमाण सहित पुष्टि भए कानुन बमोजिम सजाय को भागेदार हुन तयार हुने उनले बताए व्यक्ति गत चरीत्र हत्या गर्न खोजिएको उनले दाबी गरे
    त्यसैगरि गाउँपालिका देवघाटकि उपाध्यक्ष बिमला थापा ले भने आफू राहत वितरण समिति को संयोजक मा रहेको तर चामल विक्री गर्ने कार्य मा आफु लाई सम्पर्क नगरि बेचिएको र १८ गते ज्ञापन पत्र आएपछि मात्र सो घटना बारे थाहा पाएको उनले भनिन एकैछिन पछि फेरि उनले भनिन बेचीसकेपछि फोन गरेर जानकारी दिनु भथ्यो र वडाअध्यक्ष गुरुङ ले एकलौटी रुपमा दाता मार्फत आएको माइतीघर जिरामसिनो चामल बेचेर सोना मसिनो लिएको र १६१ घर धुरी लाई पुर्याउन र केही बढी दिन को लागि सायद यस्तो गरिएको हुनसक्ने उनले भनिन तर आफू सयोजक भइसके पछि आफू लाई खबर गर्नु पर्ने उनको भनाइ थियो यसै क्रम मा ने.का. पक्षीय वडा न ४ का वडा अध्यक्ष पदम ब. गुरुङ ले याल बहादुर गुरुङ को कुनै गलत नियत नरहेको तर चुनाव आउन लागि रहेको र त्यही क्रम मा जनता बिच हाइलाइट हुन र एकलै नाम कमाउन वडाअध्यक्ष याल ब. गुरुङले यो कदम उठाएको उनले थपे त्यसपछि उपाध्यक्ष बिमला थापा ले यदि राहत मा चलखेल गरेको कुरा पुष्टि भयो भने कानुन बमोजिम को सजाय भोग्नु पर्छ र यदि पुष्टि हुन सकेन भने नेपाली काङ्ग्रेस देवघाट ले ज्ञापन पत्र मार्फत नै सत्य कुरा जनता को माझ प्रष्ट पार्ने अडिग का साथ मगलबार बिहान ७ बजे बैठक मार्फत छानबिन हुने उनले बताइन विशेष रुपमा ने.का. देवघाटका सभापती प्रेमबहादुर गुरुङ ले यस विषय मा कसलाई र कति बेचियो भन्ने कुनै सत्य तथ्य प्रमाण नरहेको केही कतै हल्ला सुनिएको ले छानबिन को माग प्रती नेपाली काङ्ग्रेस देवघाट ले ज्ञापन पत्र बुझाएको जानकारी दिए
    अब हाम्रो पालो :-
    केहि समय अगाडि एक दाता ( नाम नखोलिएको ) मार्फत २० बोरा माइतीघर जिरा मसिनो चामल आएपछि सबैलाई भिन्नै भिन्नै राहत दिनु भन्दा एकै प्रकार को दिने कि भन्ने कुरा ले माइतीघर जिरा मसिनो संग सोना मसिनो चामल साट्न खोजेको तर विवाद उत्पन्न हुन सक्छ भन्ने छलफल पछि फेरि साटिसकेको चामल फिर्ता गरि माइती घर जिरा मसिनो चामल फिर्ता लिएर आइ स्टक मा नै राखिसकेको वडाअध्यक्ष गुरुङले बताए तर राखे नराखेको कुरा नेपाली काङ्ग्रेस मा आबद्ध गाउँपालिका कि उपाध्यक्ष बिमला थापा लाई थाहा पत्तो रहेनछ यस पछि उनी निशब्द बनिन यस घटना मा विवादित चामल जस्ता को त्यस्तै स्टक मा रहेको छ ( तस्वीर सहित ) त्यसैगरि यस घटना मा निकै प्रश्न हरु उब्जिएका छन
    आखिर के उपाध्यक्ष बिमला थापाले थाहा नपाएको ले यो घटना उब्जिएको हो ? यदि मानौ उनी लाई थाहा दिएर साच्चै नै राहत चलखेल गरिएको हुन्थ्यो भने कसलाई थाहा हुन्थ्यो राहत वितरण टोलि को सयोजक सगनै राहत मा चलखेल भको हो कि भनेर निष्पक्ष छानबिन को माग ले के कसरी निष्पक्ष छानबिन होला वडा अध्यक्ष ले नाम कमाउन एकलौटी रुपमा सल्लाह बमोजिम काम गर्ने हुन विविध ( थप अपटेड आयो भने अर्को समाचार मा )

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु