skip this
  • चितवन विशेष

    दिन दुखीको अभिभावक बन्दै सक्षम नेपाल का सामाजिक अभियान्ता

  • भरतपुर/ चितवन / केही दिन अगाडि नारायणी नदि किनार मा फाटेको त्रिपाल मुनि बस्दै आइरहने एक ३ जना को परिवार मध्य का का जेष्ठ नागरिक ( नाम नखुलाइएको ) को रोग का कारण ज्यान गएपछि त्यस परिवार सग दाहसंस्कार र क्रिया सम्म गर्ने क्षमता नभए पछि सक्षम नेपाल का सामाजिक अभियान्ता हरु मार्फत देवघाट मा लिएर आइ विधीपुर्वक अन्त्यष्टी का साथ अहिले क्रियाक्रम गर्न दिनरात त्यो परिवार लाई साथ सहयोग गरिरहेका छ्न सक्षम नेपाल ले अहिले सम्म चितवन का हजारौं दिन दुखि हरु लाई सहयोग गर्दै आइरहेको छ कहिले महामारी को समय मा सुरक्षित रहन सडक व्यक्ति हरु लगायत पैदल यात्रु हरु लाई सेनिटाइजर , मास्क निशुल्क वितरण गर्दै आइरहेको छ भने लकडाउन का कारण भोकै भोकै बस्न बाध्य घर परिवार लाई चितवन को कुना कुना र दुर्गम स्थल मा गएर घरमै राहत वितरण गर्दिने गरेको छ अहिले पनि लकडाउनका को बेला पैदल यात्रा रोजेर घर पुग्ने चाहना बोकेर हिड्ने व्यक्ति हरु को निम्ति बिच बाटो पर्ने नारायणगढ को पुलचोक मा निशुल्क खाजा पानी को व्यवस्था गर्दै आइरहेको छ सक्षम नेपाल हरेक पल हरेक समय दिनदुखी को साथ रहने र उनिह हरुलाई अभिभावक सरह साथ सहयोग गर्ने सक्षम नेपाल का सयोजक प्रकाश थापा बताउछ्न

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु