skip this
  • चितवन विशेष

    देवघाट को झोलुंगे पुल देखि त्रिशुलि नदि मा हामफाली एक युवक बेपत्ता

  • भरतपुर / चितवन / बुधबार दिउसो एक युवक त्रिशुली नदि मा हाम फाली बेपत्ता भएका छ्न देवघाटधाम मा रहेको चितवन र तनहुँ जोड्ने झोलुङ्गेपुल बाट २१ गते बुधबार दिउँसो १:३० बजे अन्दाजी ४१ वर्षीय युवक तनहुँ तर्फ देखि 40/50 मिटर वर बाट हामफाली बेपत्ता भएका हुन ईलाका प्रहरी कार्योलय देवघाट का अनुसार सो व्यक्ति कालिका नगरपालिका -६ खैरेनी बस्दै आएका प्रकाश तिमल्सिना रहेको खुलेको छ उनी ना १३ प ६६८९ नम्बर को मोटरसाइकल मा आइ मोटरसाइकल चितवन तर्फ को पार्किङ स्थल मा राखी देवघाट को झोलुङ्गे पुल बाट हामफालेका हुन उनी हामफालेको स्थान बाट एक बेग र त्यस भित्र परिचय पत्र बिलबुक लाइसेन्स औषधि को झोला र पर्स अनि चप्पल फेला परेको इलाका प्रहरी कार्योलय देवघाट तनहुँ ले जनाएको छ हामफालेको स्थान बाट उनलाइ ५० मिटर तल आएपछि मात्र चितवन तर्फ त्रिशुली नदि किनार मा माछा मारी रहेका केही स्थानीय युवा हरुले प्रत्यक्ष देखेको खुल्नमा आएको छ तिम्ल्सिना गुहार मागीरहेका थिए तर उनि भुमरीमा परि सकेका ले उद्घार गर्न नसकेको र काठ को डुङ्गा बोलाउदा सम्म उनी बेपत्ता भएको स्थानीय युवा हरु ले बताएका छ्न व्यक्ति कालिका नगरपालिका को रहेको ले चितवन जिल्ला प्रहरी कार्योलय ले यो घटना बारे अनुसन्धान गरि रहेको छ र र उनको खोजी कार्य परिवारको साथमा अगाडि बढाएको जि.प्र.का चितवन ले जनाएको छ

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु