skip this
  • नेपाल सेरोफेरो

    सर्बोच्चको आदेशमा विद्यार्थी नेता अटल शर्मा रिहा, न्यायलय प्रती बिश्वास रहेको भनाइ

  • बिप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य अटल शर्मा रिहा भएका छन । झुटा मुद्दामा गिरफ्तार भएको बताउदै रिहा भए पश्चात् उनले न्यायलय जिउँदै रहेको भनी प्रतिक्रिया दिएका छन । यस्तो छ उनको प्रतिक्रिया ।

    “विचार र आस्था राखेकै आधारमा,माघ २२ गते जिल्ला प्रहरी कार्यलय चितवनले गिरफ्तार गरि बम विस्फोट तथा सङ्गठित अपराध को झुटो मुद्दामा ७३ दिन चितवन हिरासत बसाइपश्चात बैशाख ५ गते चितवन जिल्ला अदालतको आदेशमा सुद्द तारेखमा रिहालगतै अदलातको गेटबाट पुन गिरफ्तार गरि धादिङ लगि, दुइवटा एलसेल टावरमा आगजानी तथा सङ्गठित अपराधको झुटो मुद्दामा जेठ ९ गते ३५ दिन पस्चात ५०००० हजार धरौटी मागेपनी सो तिर्न अस्विकार गर्दै जेस्ठ ९ गते धादिङ कारागार गय ।विनाकारण गैह्रन्यायिक थुनामा राखेको भन्दै सर्बोच् अदालत मा बन्दी प्रत्याक्षिकरण को रिट जाहेर गरे पस्चात सम्मनित सर्बोच्च अदालतको आदेश अनुसार धरौटी र झुटा मुद्दा समेत खारेज गर्दै हिजो रिहा भयको छु ।
    झुटा मुद्दा खारेज भयसङै देशमा न्यायलय मरेको रहेनछ भन्ने आभास भयो ।रिहाइको लागी पहल गर्नुहुने आफन्तजन ,पार्टिपङ्ती ,कानुन व्यबसायी ,मिडियाकर्मी ,मानबाधिकारबादी ,नागरिक समाज ,राजनितिक तथा भावनात्मक रुपले सहयोग गर्नुहुने सम्पुर्ण मित्रहरु प्रती हार्दिक आभार एबम धन्यवाद व्यक्त गर्दछु ।”

    अटल शर्मा (केन्द्रिय सदस्य अखिल क्रान्तिकारी)

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु