skip this
  • चितवन विशेष

    माहामारीमा मेरो सामाजिक जिवन अनि समकालिन समाज

  • सुशील कोईराला

    चिनको वुहानबाट शुरु भएको कोरोना(कोभिड-१९)भाईरसको महामारीले विश्वको अर्थतन्त्रलाई तहशनहस बनाएको छ।कोरोना भाईरासको संङ्क्रमण रोक्न जारी गरेको लकडाउनमा अति प्रभावित हुन् पुगेका गरिब,श्रमिक,तथा विपन्न परिवारले समाजसेवीहरुको साथ पाएको अनुभूति गरेका छ्न।कसैले पनि कल्पना गर्न नसकेको महाबिपतिले विश्व भरी धेरैको ज्यान लिईसकेको छ भेन नेपालमा चै कोरोना रोगले भन्दा भोकले ज्यान गुमाउनेहरू धेरै छ्न।
    यती लामो समयसम्म लकडाउन भएपछी सबै भन्दा बढी त दैनिक रुपमा ज्याला मजदुरी गरि जिविकोपार्जन गर्नेहरु नै समस्यामा परेको देखे।श्रमजिविहरूको घरमा खाने अन्न नभएका कारण रितो पेटमा छ्ट्पटाईरहेका हुन्थे ।
    नेपालको संविधानको धारा ३६को उपधारा २ मा प्रत्येक नागरिकलाई खाध वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ भने मौलिक हकको व्यवस्था अनुसार “कोहि भोको पदैन,भोको मदैन भने पनि सरकारको नितिलाई व्यवहारमा कायम गर्न खोजेपनी राहतको नाममा कुहिएको दाल,चामल वितरण गर्न र हुने खाने पहुँच वालाहरुले राहत पाउने र झुपडीमा बस्नेहरुले नपाएको पनि प्रत्येक्ष रुपमा विभिन्न ठाउँमा देखियो।
    भोको पेटमा छट्पटाएकालाई एक छाक चामल पनि अमृत नै हो,र दिनेवाला उसका लागि भगवान् नै हो।किनकी त्यही छाकले नै भोको पेटको पोलाईलाई शितलता दिन्छ।म दिनहु दिन-रात नभनि,घाम पानी नभनी म दुखिहरुको लागि सहयोग गरेर भगवानको काम गर्दैछु जस्तो लाग्छ।
    यो लकडाउनको कारणले कोहि कसैलाई भोकै बस्न नपरोस,भोकमरीको समस्यामा नपरुन भनेर दिन रात विभिन्न ठाउँमा खटिरहेको छु।लकडाउन भरी धेरै दुख परेको घर र खाधन्नको अभाव भएको आश्रममा केही समयको लागि सहज होस् भनेर खटियको छु।सरकारले कोरोना नियन्त्रणको लागि राहत वितरणमा ९ अर्ब ८७ करोड रुपैया खर्च भए भनेपनि अझ सम्म राहत दुखी गरिबको घरमा पुग्न नसकेर जंगलको गिठाभ्याकुर,सिस्नु खाएर गुजारा चलाउने हुने परिवार हरुलाई पनि भेटियो।
    यश महामारी समयमा आफुपनी बचौ र अरुलाई पनि बचाउ भने उद्देशले कहिले कोरोना भाईरस रोकथामका लागि जनचेतनामुलुक कार्यक्रम लिएर बाटोमा निस्किएका छु त कहिले सर्वसाधारणहरुलाई मास्क वितरण गरेका छौ।विभिन्न जिल्लाबाट आफ्नो अध्यानको लागि चितवनमा कोडाभाडा बस्नेहरु र लकडाउने गर्दा घर जान नपाउने हरुलाई खाधन्न निकै अभाव परेको हुनेहरुलाई पनि राहतको सामग्री वितरण गरेका छौ।फोन र म्यासेजका आधारमा हामिले आवस्यक र अति दुख परेको ठाउँमा सहयोग पनि गर्दै आएका छौ।
    दुखी गरिबलाई गरेको सहयोगले मन आनन्द हुने गर्दैछ।मैले “समाजसेवा कार्य गर्दै आएको छु र भविस्यमा पनि यसरी नै गर्दै जाने छु”। मलाई हरेक कार्यमा अघि बढ्न हौसला दिनु हुने मेरो घरपरिवार र समाजको हिरो अर्जुन भुषाल दाई प्रति मनै देखि आभारी छु।अर्जुन दाई मेरो लागि समाजसेवा क्षेत्रमा ल्याउनु हुने गुरु हुनुहुन्छ।उहाँको सहयोगले महिले हरेक दुखिको घाउमा मलम लगाउने मौका पाएको छु।फ़ेरि पनि उहाँ प्रती आभारी छु र भोलिको दिनहरुमा पनि हिजो जसरी नै मलाई यसरी नै अघि बढ्न साथ दिनुहुने छ भनेर आशा बोकेको छु।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु