
कालिका नगरपालिकामा पनि देखियो कोराना


चितवन, जेठ २८–
चितवनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षण क्रममा कालिका नगरपालिका– ६ जुटपानीका २० वर्षीय पुरुष र भरतपुर–५ वस्ने २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।



उनीहरु दुवैलाई भरतपुर कोरोना विशेष अस्थायी अस्पताल ल्याउने तयारी भइरहेको छ ।
यसअघि सोमबार एकैदिन चितवनका २३ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबैको अहिले कोरोना अस्पतालमा उपचार भइरहेको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका एक पुरुषको भने हिजो नै मृत्यु भइसकेको छ ।
पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
यस्तै आज नै भरतपुरमा गरिएको परीक्षणमा पूर्वी नवलपरासीका गैंडाकोटका दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
ती मध्ये गैंडाकोटा नगरपालिका–१३ का १३ वर्षीय पुरुष र वडा नं.१४ का २६ वर्षीय रहेका छन् ।