skip this
  • फिचर

    के पाइस नेपाली ? केरा ! प्रोटेस्ट अर्थहिन अमिरेकी शैली

  • सुसन चितवने, भरतपुर

    पछिल्लो समय अमेरिकामा जस्तै नेपालमा पनि कोरानाको संकट बिच देशै भरी के पाइस नेपाली ? केरा ! भन्दै जबर्जस्त युवाहरु सडकमा आएका छन ।

    तर यो आन्दोलनको नारालाई कतिपयले गणतन्त्र प्रती बिषाक्त भाव प्रकट गराउने उदेश्यले ल्याइएको पनि बताउन थालेका छन । अमेरिकामा प्रहरी द्वारा काला जातिका एक युवा लाई नियन्त्रण गर्दा प्रहरी नियन्त्रणमा नै मिर्तु भए पछि उर्लिएको प्रदशन (प्रोस्टेट) ले सन्सार भरी हल चल ल्याइदिएको थियो अब त्यो बिस्तारै कम हुँदै छ । नेपालमा पनि त्यस्तै( प्रोटेस्ट ) नाम दिइएको प्रदशन देशैभरि भै रहेको छ तर यो कुनै विभेद बिरुद्ध छैन । खालि सरकार विरुद्ध । यसै बिच सरकारले राम्रा काम गर्दा गर्दै कोराना सकटको समयमा आएको समस्या सरकार एक्लैको नभएको जिकिर गर्दै आएको छ ।

    अमेरिकामा भन्दा पनि जबर्जस्त विभेद देखिने रुकुम नरसंहार प्रती यो प्रदशन केही नबोल्ने तर संकटका बिच काम गरिरहेको सरकार विरुद्ध यो आन्दोलन किन उद्दत छ । सबैलाइ सोच्न बाध्री बनाइदिएको छ ।

    ओलि सरकार कोराना नियन्त्रणमा असफल, स्वास्थ सामाग्री खरिद बिक्रिमा अनियमितता, कोराना नियन्त्रणमा १० अर्ब खर्च भएको भने प्रधानमन्त्रीको भनाइ , कोराना टेस्टमा PCR बिधि नअपनाइएको प्रती देशै भरी जनता सडकमा आएका छन । यसलाइ जनताको राज्य प्रतिको आक्रोश हो पनि भनिएको छ ।

    के प्रधानमन्त्री ओलीले दाबी गरेजस्तै यो सरकार ठीकठाक ढंगले चलिरहेको छ त ? सरकारले ठीक ढंगबाट काम गरिरहेको छ वा देशलाई बर्बादीतर्फ धकेलिरहेको छ ? यसको जवाफ खोज्ने स्वयं सरकारको काम हो । यहाँ सत्तारुढ नेकपा र ओलीको नेतृत्वमा रहेको सरकारले के–कस्ता संकट भोग्दैछ भन्ने विषयमा तटस्थ विश्लेषण अन्य लेखमा गरिएला ।

    आफ्नो सरकार र पार्टीमा संकट आएको स्वीकार्न प्रधानमन्त्री ओली तयार छैनन् । सरकार ९९.९ प्रतिशत ठीकठाकै चलिरहेको उनको जिकिर छ । सरकारले राम्रा कामहरु गरिरहेको, तर विपक्षीले सरकारलाई असफल देखाउन प्रचारयुद्ध छेडेको प्रधानमन्त्रीको विश्लेषण देखिन्छ ।

    सरकारले राम्रा र जनपक्षीय काम गर्दागर्दै पनि ‘देशी–विदेशी प्रतिक्रियावादी’ले राष्ट्रवादी कम्युनिस्ट सरकारलाई बदनाम गराउन खोजेको भन्ने भाष्य बालुवाटार/सिंहदरबारबाट स्थापित गर्ने प्रयास भइरहेको छ ।

    सरकार समर्थित युवाले भने सिमा विवादमा केही नवोल्ने , रुकुम नरसंहारमा केही नबोल्ने,सरिता गिरिको प्रतिवाद नगर्ने, बिबादास्पद MCC समझौता बारे केही नबोल्ने तर संकटका बिच आफ्नो काम गर्दै आएको ओलि सरकारलाई गिराउन यस्त्यो आन्दोलन गरिएको आरोप लागएका छन यसमा भारतीय भुमिका , राजावादी र काङ्ग्रेस समर्थित हरुको सहभागिता रहेको उनिहरुको बुझाइ छ ।

    तर, सत्तारुढ पार्टीभित्रैका केहि नेता–कार्यकर्ता बालुवाटारको भाष्यमा विश्वस्त छैनन् । सरकारमा बस्नेहरुले देशको वस्तुगत समस्यालाई पर्गेल्न नसकेको नेकपाभित्रै संश्लेषण हुन थालेको छ ।

    जनतामा भने एउटा आक्रोश र पिडाको ज्वाला दन्किरहेको छ । १० बर्से जनयुद्धमा १७००० सहिद भएको भन्दै अहिले नेपालीको हातमा भने केही नपरेको भन्ने आक्रोश ब्यक्त गरिएको छ । उक्त आक्रोश लाई shadows band ले गित मार्फत पोखेको छ । तर उक्त गितलाई कतिपयले गणतन्त्रमाथी को भद्दा मजाकको रुपमा पनि बुझेका छन । जे जे भए पनि आधुनिक शिक्षित सामज प्रती लज्जित गराउने रुकुम नरसंहारमा केही नबोल्ने के पाइस नेपाली ? केरा ! नारा दिएको यो अमेरिकी शैलीको प्रोटेस्ट अर्थहिन, दुई चार दिनको रमाइलो र कोराना सन्क्ट झन बढाउने प्रदशन मात्र हुनेछ । ।

    लेख सहयोग अन्लाईन खबर डटकम

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु