skip this
  • नेपाल सेरोफेरो

    पोखरा विश्वविद्यालय ले विद्यार्थि को माग पूरा नगरे देशव्यापी आन्दोलन हुने चेतावनी

  • चितवन /पाेखरा युनिभर्सिटीमा VC(उपकुलपति ) रिक्त भएको लामो समय भइसकेको छ ,अरु युनिभर्सिटी ले धमाधन निर्णय गर्न थालिसकेका छन तर पाेखरा युनिभर्सिटीले लामाे समयसम्म पनि केही गर्न सकेको छैन , तसर्थ अाज चितवनमा पाेखरा बिश्वबिधालय मान्यता प्राप्त कलेज युनाइटेड टेक्निकल ईन्जिनियरिङ्ग कलेज , बाेस्टन ईन्टरनेशनल कलेज , भ्याली स्टेट , बिपि नर्सिङ्ग अांगिक कलेजमा अध्यनरत रहेका बिधार्थीले सामाजिक दुरीलाई कायम राखि प्लेकार्ड प्रर्दशन गरि बिराेध जनाएका छन फलस्वरूप अन्य युनिभर्सिटी ले लकडाउनको बेला पनि बैठक बसेर वैकल्पिक उपायहरु खोजेका छन भने, तर पोखरा विश्वविद्यालयले भने यतिका महिना बित्दा पनि उपकुलपति नियुक्त नहुनु गम्भीर त्रुटी छ।। यस बिचमा पनि एउटा notice समेत सार्वजनिक भएकाे छैन भने करिब ४० हजार विद्यार्थी अन्यौलमा भौतारिएका छन् ।। फलस्वरूप चितवनमा अाज सम्बन्धित कलेजका बिधार्थी प्रतिनिधि उपस्थित रही कडा बिराेध प्रर्दशन जनाईएकाे छ ।।जसमा विभिन्न नारा उल्लेखित प्लेकार्ड प्रर्दशन भएकाे छ ।

    1. रोकिएको नतिजा तत्काल प्रकाशित गर ।।
    2. बिश्वबिधालयमा तत्काल VC नियुक्त गर ।।
    3. परिक्षा सम्बन्धी तुरुन्त सुचना प्रकाशित गर ।।
    4. मौका परिक्षाको समेत तत्काल टुंगो लागियाेस ।।
    5. ४० हजार बिध्यार्थिको भबिष्य सुनिश्चित गर ।।
    6. प्रत्येक कलेजहरुले एउटा सेमिस्टर फी मिनाह गर ।।
      यसै बिचमा साबिक अनेरास्ववियु सम्बन्धित बिश्वबिधालय केन्द्रीय सदस्य एब्म चितवका जिल्ला कमिटी सदस्य समेत रहेका सागर पाठकले तत्काल VC नियुक्ति नगरिए , राेकिएका माैका, नियमित परीक्षा, र रिज्लट समेत प्रकाशित फि शुल्क छुट नगरिए देशभरि अान्दोलन मा उत्रिने समेत जानकारी गराउनु भयाे भने साे क्रममा बाेस्टन कलेजमा मास्टरमा अध्यनरत बिधार्थी एब्म भरतपुर महानगर युवा संजाल अध्यक्ष समेत रहनु भएका सन्देश वाग्ले ले समेत तत्काल बिश्वबिधालय ले बिधार्थी कामकार्य नियमित नगरे देशभरि प्रर्दशन गरिने बताउनुभयाे ।। कार्यक्रम मा यु टेक अनेरास्ववियु सचिब अशाेक मुक्तान क्रान्तिकारी युटेक का उपाध्यक्ष नवीन भण्डारी समेत ले अाफ्नाे भनाइ राख्नुभएकाे थियाे ।। सबै कलेजका बिधार्थी प्रतिनिधि काे समेत उपस्थिति रहेकाे थियाे ।।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु